प्रदेश १ का विभिन्न नाकाबाट साढे १० हजार बढी नेपालीहरु स्वदेश फर्किए

प्रदेश १ का विभिन्न नाकाबाट साढे १० हजार बढी नेपालीहरु स्वदेश फर्किए

विराटनगर । लकडाउन जारी भएपछि प्रदेश नं १ का विभिन्न नाकाबाट साढे १० हजारभन्दा बढी नेपालीहरु स्वदेश फर्किएका छन् ।

नेपालबाट १८ हजार २ सय ९९ जना भारत फर्किएका हुन् । प्रदेश नं १ प्रहरी कार्यालयका अनुसार जेठ ३१ सम्मको लकडाउन अवधिमा झापाबाट ६ हजार २ सय ६५ जना, इलामबाट ३ सय २२, मोरङबाट २ हजार ६ सय ५८ र सुनसरीबाट १ हजार ३१ जना नेपालीहरु भारतबाट नेपाल फर्केका छन् ।

यसैगरी नेपालबाट भारत जानेहरुमा इलामबाट २ जना झापाबाट १५ हजार ७ सय १२ र मोरङबाट २ हजार ८ सय ८५ जना छन् ।

प्रदेश १ मा सबैभन्दा धेरै झापाको काकडभिट्टाको पानीटयांङकी र त्यसपछि मोरङको विराटनगर जोगबनी नाकाबाट मानिसहरु आउनेजाने गरिरहेका छन् ।

मुख्य चारवटा नाकाबाट नेपालीहरुभन्दा ८ हजार ९९ सय ३० जना बढी भारतीयहरु भारततर्फ गएका हुन् ।

भारतबाट फर्कनेहरुलाई प्रदेश मातहतका होल्डिङ एरियामा राखेर ज्वरो जाँचगरी सम्बन्धित जिल्ला मार्फत स्थानीय तहमा पठाउने गरिएको छ । तर उनीहरुको पिसिआर परीक्षण भने गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्