विराटनगरमा आज पनि युवाहरुद्धारा सरकार विरुद्ध खबरदारी (फोटो फिचर)

विराटनगरमा आज पनि युवाहरुद्धारा सरकार विरुद्ध खबरदारी (फोटो फिचर)

विराटनगर । विराटनगरका स्थानिय युवाहरुले आज पनि सरकारलाई खवरदारी गर्दै शान्तिपूण ¥याली निकालेका छन् ।

विराटनगरको तिनपैनीबाट निकालेको शान्तिपूण ¥याली विराटनगरको विभिन्न स्थानको नगरपरीक्रमा गराएकाछन् । युवाहरुले विराटनगर महानगरपालिका अगाडी उभिएर आदा घन्टा जति राष्ट्रगान गाउदै सरकारलाई ध्यानकर्षण गराएका थिए ।
उनिहरुले सरकारको विरोध नगरेको र सरकारलाई सजग गराएको भन्दै विभिन्न नारा लेखेका प्लेकार्ड बोकेर नगरको परिक्रमा गरेको ¥यालीमा सहभागी संरक्षण देवकोटाले बताए ।

उनिहरुले युवा देशको नारा हो, जो दुख बुज्छन् साराको, पारदर्शिता कागजमा मात्र सिमित तर खै त व्यावहारमा ,म स्वातन्त्रताको नारा मेरो सरकार बहिरो छ । यसै गरी उनिहरुले कर त कर हो करलाई कर नगर , युवा तिम्रो नाराले सभ्य राज्य पायो साराले , फोहोर राजनीतिक कहिले सम्म, असुरक्षित क्वारेण्टाइन कोरोनाको स्वर्ग हो , सारा युवा जति खाडिमा पैसा सारा गाडीमा , भष्टाचार गर्न पाइदैन जस्ता नारा लेखेका प्लेकार्ड बोकेर समाजिक दुरी कायम गरी ¥याली निकालेका थिए ।

सामाजिक संजाल मार्फत भेला भएका युवाहरुले विराटनरको तिनपैनी चोक , महानगरपालिका, जिल्ला प्रशासन कार्यालयहरुमा प्रदर्शन गर्दै हिडेका थिए । विभिन्न भागमा परिक्रमा पछि स्थानिय सभागृहमा गएर समापन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्