विराटनगरमा उपचार खर्च तिर्न नसक्दा ८ महिनादेखी अस्पतालको शैयामा गणेश

विराटनगरमा उपचार खर्च तिर्न नसक्दा ८ महिनादेखी अस्पतालको शैयामा गणेश

प्रेम देवान

विराटनगर । सुनसरी जिल्लाको तरहराका ४२ बर्षिय गणेश कुमार राई यतिबेला विराटनगरको गोल्डेन अस्पतालको शैयामा छन् । विगत ८ महिनादेखी अस्पतालमा उनी उपचारर्थ छन् । उनको एक चरणको उपचार सकिएको छ ।

अस्पतालले उनलाई फिजियोथेरापी अस्पतालमा लैजान आग्रह गरेता पनि अस्पतालमा उपचार गरेको पैसा तिर्न नसक्दा अस्पतालमा नै बस्न बाध्य छन् । गत कात्तिक १२ गते भाईटिकाको दिन राई दुर्घटनामा परे । सुनसरी तरहराबाट आफन्तको टेम्पो रिजार्व गरी मोरङको लेटाङमा गए । टेम्पो चालक जसोधन राई र टेम्पो चालककी श्रीमती पनि टेम्पोमा सवार थिए । लेटाङमा दिनभरी आफन्तकोमा भाईटिका लगाईसकेपछि उनीहरु बेलुकी घर फर्कदा टेम्पो दुर्घटनामा पर्यो । दुर्घटना हुदाँ गणेसको टाउकोमा गम्भिर चोट लाग्यो । टेम्पो चालक र चालककी श्रीमती पनि सामान्य घाईते भए । गणेश सहित अन्य दुई जनालाई तत्काल विराटनगरमा रहेको गोल्डेन अस्पतालमा भर्ना गराइयो । गणेशको टाउकोमा गहिरो चोट लागेका कारण उनको अवस्था अझै नाजुक छ । तर अन्य दुई जना भने निको भईसेका छन् । गणेशको अझै पनि होस आउन सकेको छैन । न उनी बोल्न सक्छन् न त हिड्न नै ।

उनको रेखदेख यति बेला गणेशका श्रीमती र छोराले गरिहेका छन् । अस्पातालको शैयामा उपचार गराईरहेका गणेश आज निको हुन्छन्, कि भोली पो निको हुन्छन् भन्दै विगत ८ महिनादेखी अस्पतालको शैयामा देखदेख गर्दै आएका छन् । तर लामो समय वितिसक्दा पनि अझै निको नभएका कारण गणेश अस्पतालको शैयामा नै छन् । अस्पतालले पनि २ महिना अघि नै घर लैजानु भनिएता उपचार गर्दाको खर्च तिर्न नसक्दा अस्पतालमा नै बस्न वाध्य छन् यतिबेला । गणेशका श्रीमतीले जसोतसो ऋण खोजेर अस्पताललाई अहिले सम्म ६ लाख बुझाईसकेकी छिन् । अस्पताललाई अझै जेठ ७ गतेसम्मको ८ लाख ६५ हजार बुझाउन बाँकी छ । तर उक्त रकम तिर्न नसक्दा श्रीमान अस्पतालमा राख्न बाध्य भएको गणेसकी श्रीमती ंविष्णुमाया तामाङ राईले बताइन ।

आफ्ना श्रीमानलाई जसले घाईते बनायो उसैले उपचार खर्च तिर्नुपर्ने विष्णु मायाको भनाई छ । श्रीमानको अवस्था दिनदिनै झनै गम्भिर र कमजोर हुदै गएका कारण उपचार गर्न समस्या हुदै गएको विष्णुमायाले सुनाईन् । आफुसँग भएको अलि अलि पैसा तिरेर बाँकी रकम जमानी बसेर श्रीमान्लाई घर लैजान्छु भन्दा पनि अस्पतालले नदिएको विष्णमायाले यसरी दुखेसो पोखिन् । अस्पतालले बाकी रहेको रकम तिर्नु अनि लानु भन्दै दवाव समेत दिदै आएको राईले बताईन । लामो समयदेखी अस्पतालमा बस्नुपरेका कारण उनीहरुलाई खानपिनमा पनि समस्या हुदै आएको छ । विष्णुमायाले कोशी अस्पतालले दिएको खाना खादै आएकी छिन भने उनका छोराले अस्पताल छेउमा रहेको किरात होटलले खाना खुवादै आएको छ । उनीहरुको परिवारीक अवस्था समेत कमजोर भएका कारण कातिकदेखी नै खाना खुवाउदै आएको किरात होटलकी संचालिका मुना राईले बताईन् । ८ महिनादेखी गोल्डेन अस्पताल रहेका गाणेशको अवस्था निकै नाजुक छ ।

अस्पतालको वेड नम्बर २० मा सुतेका राईको हातखुटा सुकेर हडी र छाला मात्रा देखिन्छ । गणेसकी श्रीमती आफ्नो श्रीमानको अवस्था देखेर हरेक दिन आँशुमा नै दिन वित्ने गर्छ । श्रीमानलाइ लैजाउ पैसा छैन, उपचार गरौ पैसा छैन । श्रीमानको अवस्था झनै विजोक छ । उनलाई परेको बेला आफन्तले पनि सहयोग गरेनन । आफ्नो बुबाको उपचार गरेर नै बुबालाई निको बनाउने ठूलो सपना छ गणेशका २१ वर्षिय छोरा सन्तोष राईलाई । तर आफुहरुसँग अलि अलि भएको पैसा सकिएको कारण बुबाको थप उपचार गराउन नसकेको गणेसको छोरा सन्तोष राई बताउछन् । परिवारमा ३ जना मात्र भएका कारण आफुहरुको कमाउने मुख्य अभिभावक नै यसरी घाईते अवस्थामा हुदाँ अहिले परिवारमा बज्रपात परेको सन्तोष सुनाउछन् । बुबाको उपचार गराउन नसकेका कारण बुबाको थप उपचार गराउन र डिस्चार्ज गर्ने पैसा नभएका कारण उपचारमा सहयोग गर्न समेत गणेशका छोरा सन्तोषले सहयोगी दाताहरुलाई आग्रह गरे ।

यता गोल्डेन अस्पतालका प्रवन्धक मोहमोद जयाउल हकका अनुसार अस्पतालाई जेठ ७ गते सम्मको उपचार खर्च ८ लाख ६५ हजार तिर्नुपर्नेछ । थप उपचारको लागी फिजियोथेरापी लैजानुपर्ने भएकाले पैसा अभावका कारण अहिले जान नसकेको ज्याउल हकले बताए । दुर्घटना हुदाँ तेस्रो पक्षले तिर्नुपर्ने रकम नदिएका कारण उनीहरु अहिले समस्यमा परेको उनले बताए । उहाँहरुको आर्थिक अवस्था पनि कमजोर भएका कारण अस्पतालको तर्फबाट पनि केही सकेको रकम छुट गर्ने समेत बताए । तर ज्याउल हक भन्छन् गणेसको परिवारिक अवस्था अन्त्यन्तै कमजोर भएका कारण सबैले मिलेर सहयोग गर्नुपर्नेछ । गणेशका परिवारले जीवनमा कहिल्यै यस्तो दिन आईपर्ला भनेर कल्पना समेत गर्न सकेका थिएनन तर आज आफ्नो अभिभावको ज्यान जोगाइदिनुपर्यो भन्दै सहयोगको अपिल गर्न वाध्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्