विराटनगर असार २,
नेपालमा दैनिक कोरोना भाइरसको संक्रमित बढिरहेको अवस्थामा प्रदेश नम्बर १ बाट थप १५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
विराटनगरको कोशी कोभिड १९ उपचार केन्द्रबाट ८ जना र धरान विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ७ जना कोरोना जितेर डिस्चार्ज भएका हुन ।
विराटनगरबाट डिस्चार्ज हुनेमा ४ जना झापाका, २ जना मोरङ र २ जना संखुवासभाका छन् । प्रदेश नम्बर १ बाट कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १ सय ८१ पुगेको छ ।