प्रदेश १ कि संसद थापाको आक्रोश “क्वारेन्टाईन मै सामुहिक बलत्कार गर्नेलाई फासी हुनुपर्छ”

प्रदेश १ कि संसद थापाको आक्रोश “क्वारेन्टाईन मै सामुहिक बलत्कार गर्नेलाई फासी हुनुपर्छ”

विराटनगर । प्रदेश नं. १ की प्रदेशसभा सदस्य अम्बिका थापाले कैलाली जिल्लाको लम्केचुवामा निर्मित एक क्वारेन्टाईनमा सामुहिक बलात्कारको शिकार भएकी महिलाले कानुनसम्मत न्याय पाउनुपर्ने बताउनुभएको छ ।

प्रदेश नं. १ प्रदेशसभा अधिवेशनको बुधबार बसेको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविद्यान संशोद्यन गरेर भएपनि दोषीलाई कम्तीमा पनि फाँसीको सजाय हुनुपर्ने माग राख्नुभएको छ । सांसद थापाले उदयपुरमा पनि विमानस्थल निमार्ण हुनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसद ज्योती सुब्बाले सुनसरी जिल्लाको सदरमुकाम ईनरुवा जिल्लामा गत असार १ गते भएको भीषण आगलागीमा परि जलेर नष्ट भएका विभिन्न वस्त्रालय र पुराना पसलहरुहरुको क्षतिपुर्तिका लागी प्रदेश विपद व्यवस्थापन समितिको बैठकमार्फत आवश्यक क्षतिपुर्तिको माग गर्नुभएको छ ।
त्यस्तै सांसद शेखरचन्द्र थापाले कोरोनासँग लडने सु–स्पष्ट कार्ययोजना र विचार, क्वारेन्टाईनको व्यवस्थापनका निम्ति सरकारको कार्ययोजना र विचार, पिसिआर परिक्षणको दायरा बढाउन आवश्यक थप बजेट तथा रोगलेभन्दा भोकले मर्न आँटेका जनता र विस्थापित हुन आँटेका उद्योगद्यन्दा तथा कलकारखानाहरुका लागी राहतका प्याकेज खोई ? भनेर प्रदेश सरकारसँग जवाफ माग गर्नुभएको छ ।

त्यसैगरि सांसद सुयरमा राज राईले आगामी आर्थिक बर्षका लागी प्रदेश सरकारले ल्याएको बजेमा राजस्वका श्रोतहरु भरपर्दो नभएको बताउनुभयो । प्रदेश नं. १ प्रदेशसभा बजेट अधिवेशनको अर्को बैठक भने असार ४ गते बिहीबार दिनको ११ः३० बजे बस्ने गरि बोलाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्