मोरङमा मात्रै १ सय २ पुग्यो कोरोना संक्रमित, सबैभन्दा बढी रतुवामाईमा

मोरङमा मात्रै १ सय २ पुग्यो कोरोना संक्रमित, सबैभन्दा बढी रतुवामाईमा

विराटनगर । केहीयता मोरङमा कोरोना संक्रमितको संख्या ह्वातै बढेको छ ।

बुधबार मोरङको रतुवामाई नगरपालिकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या बढ्न थालेको हो ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ सय १६ छ । जसमा मोरङका मात्र १०२ जना छ । बुधबार प्रदेश १ मा १६ जना थपिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा सुरेश मेहताले जानकारी दिए ।

मोरङमा सबैभन्दा बढी कोरोना संक्रमित रतुवामाई नगरपालिकामा छन । बुधबारसम्म नगरपालिकामा संक्रमितको संख्या ५४ पुगेको छ ।
रतुवामाई पछि सुनर्बीमा २८ जना कोरोना संक्रमित भेटिएका छन् । विराटनगर महानगरपालिका, पथरीशनिचरे, लेटाङ, सुन्दरहरैचालगायत स्थानीय तहमा गरी जम्मा १०२ जना कोरोना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्