विराटनगरमा आफ्नै बावुको हत्या गर्ने दुइ छोरा पुर्पक्षको लागि थुनामा

विराटनगरमा आफ्नै बावुको हत्या गर्ने दुइ छोरा पुर्पक्षको लागि थुनामा

विराटनगर। आफ्नै बावुको हत्या आरोपमा पक्राउ परेका विराटनगर– १४ झटियाहीका २१ वर्षिय मुन्ना भनिने रोहित र १९ वर्षिय नागेन्द्र चौहान जिल्ला अदालत मोरङले पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ । मोरङ अदालतका न्यायधीश किशोर घिमिरेको इजालशले उनीहरूलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश गरेको हो ।

जेठा मुन्ना र माइला छोरा नगेन्द्रले कोदालो प्रहार गरि ६९ वर्षिय सत्यराम चौहानको जेठ ३ गते राती हत्या गरेपछि आफ्नै घरभित्र गाडिएको अवस्थामा जेठ ७ गते साझ शव फेला परेका थियो ।
प्रहरीले सोही दिन दुवै छोरालाई प्रक्राउ गरि अनुसन्धानको क्रममा मदिरा सेवन गरि बावुको हत्या गरेको स्वीकार गरेका थिए । इलाका प्रहरी कार्यालय रानी विराटनगरले अनुसन्धान प्रक्रया पूरा गरेपछि सरकारी वकिलको कार्यालयमार्फत अदालतमा शुक्रबार दुइ जना विरुद्ध कर्तब्य ज्यान मुद्दामा अभियोग दर्ता भएको थियो ।

दुवै जना प्रतिवादीको अदालतमा बयान सकिएपछि थुनछेक बहस भएको हो । थनछेक बहसमा वादीको तर्फबाट सहायक जिल्ला न्याधिवक्ता मनिसबावु पोखरेलले बहस गरेका थिए । वादी र प्रतिवादीको बहस सकेपछि दुवै जना प्रतिवादीलाई पुर्पक्षको लागि थुनामा राख्न अदालतले आदेश दिएको जिल्ला अदालत मोरङका स्रेस्तेदार इश्वरमणि ओझाले जानकारी दिए ।

मुलुकी अपराध संहिता २०७४ को दफा ६७ बमोजिम थुनवा पूर्जी दिई दुवै प्रतिवादीलाई विराटनगर करागार पठाउन आदेश आएको उनले बताए । अदालतको आदेशपछि दुवै प्रतिवादी कारागार चलान भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्