विराटनगरमा थप एक महिलालाई कोरोना संक्रमण पुष्टि

विराटनगरमा थप एक महिलालाई कोरोना संक्रमण पुष्टि

विराटनगर । विराटनगरमा आज एक महिलामा कोरोना संक्रमण भएको पृष्टि भएको छ । महानगरपालीका वडा नम्बर १३ मा बिहीबार थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगर १३ की ३६ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

एक साताअघि भारतको सिलगुढीबाट आएकी उनी आफ्नै घरमा ‘होम क्वारेन्टाइन’ बसेकी थिइन् । भारतबाट आएका कारण विराटनगर महानगरपालिकाले उनको स्वाब संकलन गरेको थियो । कोशी अस्पतालमा परीक्षण गर्दा बिहीबार कोरोना पोजेटिभ रिपोर्ट आएको महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रमेश क्षेत्रीले जानकारी दिए ।

यससँगै विराटनगरमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ । यसअघि विराटनगर ३, ६ र १२ वडामा एक(एक जना महिला र वडा नम्बर १५ का एक पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्