बर्षा सुरु हुन नपाउदै हिलाम्य बन्दै विराटनगरका सडक

<span class='c1'>बर्षा सुरु हुन नपाउदै</span> <span class='c2'>हिलाम्य बन्दै विराटनगरका सडक</span>

एन्जु शिवाकोटी

विराटनगर । प्रदेश १ को राजधानीको रुपमा रहेको विराटनगर महानगरपालिकाका सडक बर्षा सुरु हुन नपाउदै हिलाम्य हुन थालेका छन् । सडकका विच विचमा खाल्डा खुल्डी त छदै थियो त्यसमाथि बर्षा सुरु भएसंगै पानी जम्न थालेको छ ।

विराटनगरका प्रायजसो भित्री सडकहरु बर्षाको पानी खाल्डा खुल्डीमा जमेसंगै हिलाम्य बन्दै गएका छन् । सडक निमार्ण कार्यमा भएको ढिलासुस्ति तथा लकडाउनका कारण समयमा नै सडक निमार्ण हुन नसक्दा विराटनगरवासीहरु सास्ती खेप्न वाध्य भएका छन् । विराटनगरका थुप्रै सडकहरु निमार्ण तथा विस्तार भएता पनि भित्री गल्ली सडक भने हाल सम्म बन्न सकेको छैन । सडक सुधार, कालोपत्रे, ग्राभेल र भत्किएको स्थानमा टालटुलको नाममा बर्सेनि करोडौं रुपैयाँ खर्च भइरहेको भए पनि सडकको गुणस्तर सुधार हुन सकेको छैन ।

बर्षा सुरु हुन नपाउदै अधिकांश भित्री सडकको अवस्था यस्तो छ , भोलीको अवस्थालाई कल्पना गरौं कस्तो होला ? यहाँ समस्या हिलाम्य सडकको मात्र होइन ढल व्यवस्थापनको पनि हो । विराटनगर महानगरपालिकाले लगानी लगाएर ढल व्यवस्थापनको लागि नालाको निमार्ण गरेता पनि त्यसको व्यवस्था भने गर्न सकेन । नालामा फोहोर तथा प्लाष्टिकहरु फालिएका छन् । कतिपय ठाउँमा नाला छोप्न ठक्कनको प्रयोग गरिएको छैन । जसको असर प्रत्यक्ष रुपमा जनसमुदायलाई परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्