विराटनगर । सरकारले कोरोनो भाईरसको उच्च जोखिम बढ्न सक्ने भन्दै खेलकुदको कुनै पनि गतिविधी नगर्न भनिएता पनि विराटनगरमा भने क्रिक्रेट प्रतियोगिता गराउन लागिएको छ ।
विराटनगरमा रहेको युथ अफ हाटखोलाले एक दिने सुपर सिक्स क्रिक्रेट प्रतियोगिता गर्न लागेको छ । आगामी असार ६ गते देखि विराटनगर १४ स्थित डिग्री क्याम्पसको खेल मैदानमा प्रतियोगिता गराउन लागेको हो ।
आयोजकले प्रतियोगिता गराउन लागेको भन्दै सामाजिक संजाल मार्फत खेल तालिका प्रकाशित गरेका छन् । उक्त प्रतियोगितामा विराटनगर भित्र रहेका १३ वटा क्लवले सहभागी समेत जनाउने उक्त खेल तालिकामा प्रकाशित गरेको छ । साथै आयोजकले हरेक क्लवसँग प्रवेश शुल्कको लागी ३ हजार तोकेको छ भने प्रथम हुने टिमलाई पुरस्कार राशी १४ हजार तोकेको छ । त्यसैगरी दोस्रो हुनेलाई ७ हजार तोकेको छ । गत जेठ २८ बुधबार बसेको मन्त्रीपरिषदको बैठकले समुहमा खेलिने कुनैपनि खेल नखेल्न आग्रह गरेको छ । तर यता सरकारको निर्णयको अवज्ञा गर्दै उक्त क्लवले भने क्रिक्रेट प्रतियोगिता गराउन लागेको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल भने यस्ता खेलकुदका कुनै पनि सामुहिक खेल भएको भेटिए कारबाही गरिनेछ । अहिले सम्म हामी कहाँ त्यस्तो जानकारी नआएको र त्यस्तो प्रतियोगिता नगराउन समेत भुजेलले आग्रह गरे ।