नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार नाघ्यो

नेपालमा  कोरोना संक्रमितको संख्या ८ हजार नाघ्यो

विराटनगर । देशभरमा शुक्रबार ४२६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा ४२६ जना संक्रमित नयाँ थपिएको जानकारी गराइएको हो । नयाँ थपिएकासँगै नेपालमा ८ हजार २७४ जना संक्रमित पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्व गौतमले जानकारी दिनुभयो ।
संक्रमितको संख्या बृद्धिसँगै कोरोनालाई परास्त गरेर जानेहरुको संख्या समेत बृद्धि हुँदै गएको छ । शुक्रबार नै २१६ जनाले कोरोना परास्त गरेर घर फर्केका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्