विराटनगरको कोशी कोभिड १९ उपचार केन्द्रबाट आज १० जना डिस्चार्ज

विराटनगरको कोशी कोभिड १९ उपचार केन्द्रबाट आज १० जना डिस्चार्ज

विराटनगर । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररतः १० जना डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा खोटाङका ३, सुनसरीका ३, उदयपुरका २ र मोरङका २ जना रहेका छन् ।


डिस्चार्ज हुनेमध्ये ४ जना महिला र ६ जना पुरुष २१ देखि ४० वर्ष उमेर समूहका रहेका छन् । जेठ २१ देखि २५ गते सम्म अस्पतालमा भर्ना भएर उपचार गराउनेहरुले कोरोना परास्त गरेको कोशी अस्पताल कोभिड उपचार केन्द्र व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले जानकारी दिनुभयो । १० जना डिस्चार्ज भएपछि प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या २ सय ३४ पुगेको छ । प्रदेश १ मा संक्रमितको संख्या ४ सय २० रहेको छ । विराटनगर, सुन्दरहरैचा र धरानमा अहिले १ सय ६ जना उपचाररत छन् । कोशी कोभिड विराटनगरमा २३ जना, पूर्वाञ्चल विश्वविद्यालय आईसोलेसन सेन्टर सुन्दरहरैचामा ८५ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ७ जना उपचाररत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्