विराटनगर । मोरङको बुढीगंगा गाँउपालिकाका एक जनामा कोरोना पोजेटिभ देखा परेको छ । एक साता अगाडी भारतको हरियानाबाट आएका बुढीगंगा गाँउपालिका ४ का १७ बर्षीय पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएको हो ।
स्थानीय क्वारेन्टीनमा बसेकामध्ये ३५ जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये एकजनामा पोजेटिभ देखिएको बुढीगंगा गाँउपालिका सुचना अधिकृत मोहन तबदारले जानकारी दिनुभयो ।
यसैबीच कुवेतबाट फर्किएकी दमककी २९ वर्षीया महिलामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ । कुवेतबाट जेठ २९ गते हवाई जहाजमार्फत नेपाल फर्किएकी उनमा संक्रमण पुष्टि भएको हो । उनी दमकको स्थानीय क्वारेन्टीनमा बस्दै आएकी थिइन् । मोरङमा १०८ जना कोरोना संक्रमित पुष्टि भईसकेका छन् । जिल्लाबाट कोरोना परास्त गरेर १९ जना घर फर्किएका छन् ।