विराटनगरमा हत्या आशंका गरिएका दुईवटा केस नटुङ्ग्याई बिदा हुँदै भद्र एसपी अधिकारी

विराटनगरमा हत्या आशंका गरिएका दुईवटा केस नटुङ्ग्याई बिदा हुँदै भद्र  एसपी अधिकारी

नवराज कट्टेल
विराटनगर । एकवर्ष मोरङ प्रहरीको जिम्मेवारी सम्हाल्नु भएका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारी भद्र प्रहरी अधिकारीको परिचय बनाएर बिदाई हँुदैहुन्छ । गतवर्ष जेठदेखि मोरङ प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नु भएका अधिकारी प्रहरी प्रधान कार्यालयमा सरुवा हुनु भएपछि शनिबार अन्तिम पत्रकार सम्मेलन गर्नु भएको हो ।

मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारी विदाई हुदैगर्दा शनिबार जिल्ला प्रहरी कार्यालयमा अन्तिम पत्रकार सम्मेलन गर्दै ।
तस्वीर : प्रेम देवान /आवर विराटनगर

प्रहरी संगठन भित्रका तल्लो दर्जादेखि मातहतका यूनिटले समेत एसपी अधिकारीलाई मोरङमा असल प्रहरीको नेतृत्वकर्ताकोे संज्ञा दिने गरेका थिए । सामान्य आलोचना बाहेक एसपी अधिकारी विरुद्ध कसैले पनि किटानी सहित औंला ठड्याउन सकेन । सार्वजानिक जीवनमा व्यस्त हुने अधिकारीले सामाजिक क्षेत्रमा पनि उतिकै क्रियाशिलता देखाउनु भएको थियो ।

 

मोरङका पत्रकारहरु पत्रकार सम्मेनमा सहभागी हुदै ।

तस्वीर : प्रेम देवान / आवर विराटनगर

दैनिक सुरक्षा प्रवन्धको जिम्मेवारी बाहेक एसपी अधिकारीको नेतृत्वमा दश सनसनीपूर्ण अपराधिक घटनाको सफल अनुसन्धान भयो । तर, विराटनगरमा लेखा परीक्षक प्रवल घिमिरे र पुराना पत्रकार जयप्रसाद दाहालको शंकास्पद मृत्युको केस भने आलटालमै टुङ्गियो ।
अपराधमा चलाख्याँई गरिएको भनिएको पत्रकार दाहालको हत्या आशंका केस अनुसन्धानकै चरणमा रहेको बिदाई हुँदै गर्दाको पत्रकार सम्मेनलमा एसपी अधिकारीले बताउनुभयो । तर, लेखा परीक्षक घिमिरेको हत्या आशंकाको अनुसन्धान बिट मार्नुपर्ने धारणा एसपी अधिकारीको थियो ।
अत्याधिक मादक पदार्थ सेवन गरेका कारण अनिन्त्रित अवस्थाले घिमिरेको मृत्यु भएको एसपी अधिकारीले बिदाई पत्रकार सम्मेलनमा दावी गर्नुभयो । घिमिरेका परिवारसहित लेखा परीक्षकहरुले हत्या नै भएको बताउँदै अझैसम्म प्रहरी अनुसन्धानमा प्रश्न उठाउँदै आएका छन् ।
तर, एसपी अधिकारीले संभावित अपराधमा सामेल हुनसक्ने शंकास्पद व्यक्ति समेत नियन्त्रणमा लिएर गरिएको अनुसन्धान तथा परिवारकै सदस्यसँगको बयान र घटना भएको समयका प्रमाणलाई केलाउँदा मृत्यु नै ठहर हुने जिकिर गर्नुभएको छ ।

पत्रकार सम्मेलनमा लेखा परीक्षक प्रवल घिमिरेको घटनाबारे जानकारी दिदै एसपी अधिकारी ।

तस्वीर : प्रेम देवान /आवर विराटनगर

अपराध अनुसन्धान, अध्ययन र सार्वजानिकीकरणमा प्रमाणलाई मजबुत बनाउन सक्षम एसपी अधिकारीको नेतृत्वले दुईवटा घटनालाई बिट मार्न नसकेपनि अन्य दश अपराधका घटनाको अनुसन्धान प्रशंसा गर्न लायकका छन् ।
भारतबाट हतियारसहित विराटनगरका व्यापारीको हत्या गर्न आएका अपराधी कुनाल कुमारलाई घटना गराउनु पूर्व नियन्त्रण र अनुसन्धान, चिठ्ठाको प्रलोभन देखाएर ठगी गर्ने निरज मरिक र श्रवण मलहा पक्राउ, भारतबाट आएर विराटनगरमा श्रृंखलावद्ध डकैती गर्ने समुहका सातजना नियन्त्रण, सम्झना खत्रीका हत्यारा सुरेन्द्र साह पक्राउ, आफ्नै बाबुसँग अपहरणको नाटक गरेर फिरौती माग्ने मुकेश महतो पक्राउ, नेपाली सेनाको कर्मचारी बनेर ठगी गर्ने बिक्रम चन्द पक्राउ, प्रेमीसँग मिलेर श्रीमान्को हत्या गर्ने दयावती, बद्री र विकास सरदार पक्राउ प्रकरणमा सफलता प्राप्त भएको छ ।
यसैगरी ६० किलोग्राम अवैधी चाँदीसहित भारतका गौरव कुमार साह पक्राउ, रोहित चौहान र नागेन्द्र चौहानलाई आफ्नै बुबा सिताराम चौहानको हत्या आरोपमा नियन्त्रण र फार्मेसी सञ्चालक देवीप्रसाद दाहालको हत्यामा संलग्न श्रीमतीसहित दुई सहयोगीलाई नियन्त्रण तथा अनुसन्धानका घटना एसपी अधिकारी नेतृत्वमा सफल अनुसन्धान भएका मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्