कोरोनासँग नडराएका विराटनगरवासी सूर्यग्रहणसँग डराए !

<span class='c1'>कोरोनासँग नडराएका विराटनगरवासी</span> <span class='c2'>सूर्यग्रहणसँग डराए !</span>

एन्जु शिवाकोटी
विराटनगर । कोरोना भाइरससँग नडराएका विराटनगरवासी खण्डग्रास सूर्यग्रहणसँग डर लागेपछि घरबाहिर निस्कन सकेनन् ।
आइतवार १०ः५० बजेदेखि स्पर्श गरेको खण्डग्रास सूर्यग्रहण १२ः३८ बजे मध्य हँुदै २ः२३ मोक्ष (समाप्त) भएको थियो ।
नेपाली समाजमा ग्रहण लाग्दा बाहिर निस्कदा अनिष्ट हुन्छ भन्ने मान्यता रहेको छ । ग्रहण लागेका बेला भोजन गर्न नहुने, मलमुत्र विर्सजन गर्न नहुने मान्यता समेत छन् । ग्रहण लागि सकेपछि नुहाएर पुजापाठ गरेपछि मात्रै भोजन गरिने प्रचलन रहेको छ ।


वैज्ञानिकहरुका अनुसार ग्रहण हेर्दा कुनै प्रकारको अनिष्ट हुँदैन तर यसले आँखाको ज्योतीमा पार्नसक्ने असरका कारण प्रत्यक्ष अवलोकन गर्नु हुँदैन । पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा सुर्य र पृथ्वीको बीचमा चन्द्रमा आएर पृथ्वीमा पर्ने सूर्यको प्रकासलाई पूर्ण वा आंशिक रुपमा छेकेमा सूर्यग्रहण लाग्ने गर्छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्टाका वैज्ञानिक दिनेश भुजुले यसलाई अप्रत्यक्ष रुपमा हेर्न सकिने बताउनु भएको छ ।
सूर्यग्रहणका सम्बन्धमा आफ्नो तर्कसहितको भिडियो सार्वजानिक गर्दै भुजुले पानीमा सूर्यग्रहणको छाँया पारेर हेर्दा स्वास्थ्यमा असर नपर्ने बताउनु भएको हो ।
विराटनगरमा भने कोरोना भाइरस संक्रमणबाट बच्न अपनाउनु पर्ने सावधानीलाई उल्लंघन गर्दै बजार खोल्न निस्कने व्यापारी सूर्य ग्रहण लागेपछि घरमै बसेका थिए । धार्मिक मान्यतालाई आधार मान्दै उनीहरुले व्यवसाय बन्द गरेपछि विराटनगर बजार सुनसान रहेको थियो ।
विराटनगरको फुटपाथमा आँप बिक्री गर्नुहुने उपेन्द्र यादवले ग्रहणका कारण कोहि पनि बाहिर ननिस्केका कारण दैनिक गुजारा चलाउने व्यापारमा समस्या परेको बताउनुभयो । उहाँले लकडाउन उल्लंघन गर्दै जर्बरजस्ती पसल खोल्नेहरु ग्रहण लागेको बेला पसल खोल्ददा के–के न हुन्छ जस्तो गरेर घरमै बसेको भन्दै आश्चर्य प्रकट गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्