घरको पर्खाल भत्कियो इन्जिनियर माथी जाइलागे स्थानीयवासी, बिजुलीको पोल नसार्दा समस्या

घरको पर्खाल भत्कियो इन्जिनियर माथी जाइलागे स्थानीयवासी, बिजुलीको पोल नसार्दा समस्या

प्रेम देवान
विराटनगर । बिद्युत प्राधिकरणले समयमा नै बिजुलीको पोल नसार्दा नाला बनाउन समस्या परेको स्थानीयवासीले गुनासो गरेका छन् । विराटनगर महानगरपालिका वडा नम्बर ८ स्थित हाम्रो चौक पूर्व रहेको छाँयामार्गमा बन्दै गरेको एस सेभन नाला निर्माणमा समस्या परेको हो ।


बिजुलीका पोलहरु समयमै नसारिएपछि लकडाउनका कारण तोकिएको समयमा काम नसकिएको हो । वर्षात् लागेसँगै खनेर छोडेको कच्ची नाला भत्कदै स्थानीयवासीको घरको कम्पाउण्ड वाल समेत भत्कन थालेको छ ।
नाला बनाउन जेसीबीले खनिएका गहिरा खाडलमा पानी भरिएर स्थानीयलाई हिडडुलमा समस्या परेको छ । त्यति मात्रै नभई घरको सुरक्षा लागि लगाइएका कम्पाउण्ड वाल समेत भत्कन थालेपछि सर्वसाधारण आजित भएका छन् ।
आक्रोशित स्थानीय र ठेकेदार कम्पनिका इन्जिनियरबीच गत शुक्रबार विवाद समेत भएको थियो । ठेकेदार कम्पनिसँग वर्षात् लाग्न आँटेकोले नाला नखन्न गरिएको आग्रह नमानेको स्थानीयवासी एल.बी.गुरुङले बताउनुभयो । कम्पाउण्ड वाल भत्केर नालामा आएको पानी घरको परिसरमा पस्दा बगैंचा र तुलसी समेत बगाएको उनीहरुको गुनासो छ ।


निर्माणका लागि भत्काउनु ठेकेदार कम्पनिले वर्षात् सुरु हुनसाथ भत्काएर त्यसै छोड्ने गरेका कारण स्थानीयवासीले क्षतिपूर्ति भराउने सम्मको योजना बनाएका छन् । दुईवर्ष अगगाडीदेखि सुरु गरिएको काम अझैसम्म नसक्नु र विकासको नाममा सास्ती दिने मनसाय राखिएको भन्दै स्थानीयले ठेकेदार कम्पनिसँग क्षतिपूर्ति भराउनेसम्मको योजनामा पुगेका हुन् ।
कन्काई ब्राईट बुल जेवीले ६ करोडको लागतमा नाला बनाउने ठेक्का सम्झौता गरेको छ । गत चैत महिनामा सम्पन्न गर्नुपर्ने योजना लकडाउनलाई कारण देखाउँदै पन्छिने गरेपनि त्यस अगाडीको कार्यप्रगति समेत सन्तोषजनक नभएको गुरुङको आरोप छ ।
ठेकेदार कम्पनि कन्काईका साईड सुपरभाईजर अधिश्री भट्टराईले आक्रोशित स्थानीयले आफूमाथि आक्रमण प्रयास गरेको गुनासो गर्नु भएको छ । वर्षात्सँग हिलाम्म भएका कारण जसीबी पु¥याउन नसकेको भट्टराईको भनाई छ ।


तर, भट्टराईले जेसीबी नै पुग्न नसक्ने अवस्था अवगत गराई रहँदा स्थानीयको आक्रोश के का लागि थियो भन्ने कुरा भने बिर्से जस्तो गरेका छन् । उनले बिद्युतका पोल समयमै नसारिएका कारण निर्माणको काम गर्न समस्या परेको दावी गरेका छन् । उक्त क्षेत्रमा ४–५ वटा मात्रै पोल सार्न बाँकी रहेको छ ।
स्थानीय मायादेवी कडँरियाले नाला निर्माणका लागि खनिएको ८ फिट चौडाईको नालाका कारण तीन महिनादेखि सवारी साधन अरुकै घरमा राख्नुपर्ने बाध्यता परेको बताउनुभयो । विराटनगर–८ का वडा अध्यक्ष निश्चल अर्यालले बिद्युत पोल सार्नका लागि प्राधिकरणमा रिचार्जेवल कोषमा ३ लाख ९६ हजार ९४ रुपिँया जम्मा गरिसकेको बताउनुभयो । पोल सार्नका लागि रकम जम्मा गरिसकेपनि काम नहुने आश्चर्य भएको अर्यालको भनाई छ ।
यता बिद्युत प्राधिकरणका इन्जिनियर राजेश झाले नाला निर्माणमै केहि अवरोध भएको दावी गर्नुभयो । नाला निर्माणको काम नहुँदा पोल सार्ने काम रोकिएको उहाँको भनाई छ । नालाको ‘डिमार्केसन’ हुनुपर्दछ, इन्जिनियर झा ले भन्नुभयो–ठेकेदार कम्पनिले नालाको साइड क्लियर गरेको दिनदेखि बिद्युतले काम अगाडी बढाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्