विराटनगरका लेखा परीक्षक प्रवल घिमिरेको मृत्युको कारण पाँच महिनापछि खुल्यो (पुरा भिडियो सहित)

विराटनगरका लेखा परीक्षक प्रवल घिमिरेको मृत्युको कारण पाँच महिनापछि खुल्यो (पुरा भिडियो सहित)

प्रेम देवान
विराटनगर । विराटनगर–२ का लेखा परीक्षक प्रवल घिमिरेको रहस्यम मृत्युको घटनाले विराटनगरबासीलाई लामो समयसम्म अन्यौल बनायो । मृतक घिमिरे विराटनगरका साना तथा ठूला औद्योगिक घरानाको व्यवसायिक कारोबारको लेखा परीक्षणको काम गर्दै आएका थिए ।
धेरैका लागि चिनिएका उनको मृत्यु कसरी भयो भन्ने विराटनगरका धेरैका लागि चासोको विषय बनेको थियो । तर २०७६ माघ ७ गते मंगलबार बिहान विराटनगर–२ स्थित सिंघिया खोलामा घिमिरेको शव मृत अवस्थामा फेला पर्यो ।
घटना भएको आज ५ महिनापछि मोरङ प्रहरीले गरेको लामो समयसम्मको अनुसन्धान र पोष्मार्टमको फाइनल रिर्पोट अनुसार पानीमा डुबेर मृत्यु भएको निष्कर्ष निकालेको छ ।

हत्या आशंकामा अनुसन्धान गरेको मोरङ प्रहरीले पाँच महिनापछि हत्या नभई अत्याधिक मादक पदार्थ सेवनका कारण खोलामा डुबेर मृत्यु भएको निष्कर्ष छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले आफु सरुवा भएर जाने तयारी हुँदा शनिबार अन्तिम पत्रकार सम्मेलन गरी प्रवल घिमिरेको मुत्युबारे पत्रकारहरुलाई जानकारी गराए ।

प्रवलसँगै बसेर खानपिन गरेकाहरूको बयान, रातीको समयमा डिउटिमा खटिएका प्रहरीको बयान र सबै घटनाक्रमलाई सुक्ष्म रूपमा अनुसन्धान गर्दा यस घटनामा कहि कतैबाट कसैको संलग्नता नदेखिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए । मोरङ प्रहरीले ५ महिनाको अवधीमा कसरी प्रवलको हत्या भयो भन्ने बारे अनुसन्धान गर्यो त हेर्नुहोस अबको क्रममा ।

तर यता प्रवलको आफन्त भने उत्त कुरामा सहमत छैनन् । घटना नियोजित रुपमा घटेको हो । मृतकका दाजु रविन घिमिरेले प्रहरीले सुरुमै चासो नदेखाएको र पीडित परिवारको दवावपछि अनुसन्धान सुरु गरेको बताउनुभयो ।
शंकास्पद भनिएका व्यक्तिलाई नियन्त्रणमा समेत नलिईकन प्रहरीले घटनाको कसरी अनुसन्धान ग¥यो भन्ने मृतकका दाजु रविनको आरोप छ । प्रहरीले हत्या भएको निष्कर्ष निकालेप्रति गम्भीर असहमति रहेको बताउँदै घिमिरेले अदालतको सहयोगमा अगाडी बढ्ने दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्