काठमाण्डौंले हेप्नी भन्दै प्रदेशसभामा प्रतिपक्षीले भन्यो–नाकाबन्दी गरौं

काठमाण्डौंले हेप्नी भन्दै प्रदेशसभामा प्रतिपक्षीले भन्यो–नाकाबन्दी गरौं

काठमाण्डौं प्रवेशमा रोक लगाइएको भन्दै प्रतिपक्षी नेपाली काँग्रेसले प्रदेश १ संसदको बैठक सोमबारको अवरुद्ध गरेको छ ।
संसदमा प्रतिपक्षी काँग्रेसको माग थियो–काठमाडौबाट बाहिर बस्ने नागरिकलाई प्रवेशमा रोक लगाउने संघीय सरकारसँग प्रदेश सरकार बोल्न डरायो । संसद अवरोधका लागि बैठक सुरु हुनासाथ कांग्रेसका सांसदले आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् ।
त्यसपछि सभामुख प्रदीपकुमार भण्डारीले प्रमुख विपक्षीलाई आफ्ना कुरा राख्न समय दिने बताएपछि प्रमुख सचेतक केदार कार्कीले प्रतिक्षीका माग सदनमा राख्नु भएको थियो ।
सचेतक कार्कीे प्रश्न थियो, प्रदेश बन्यो तर संघीय सरकारसँग प्रश्न पनि गर्न नसक्ने सरकारको के काम । काठमााण्डौं बाहिरका नागरिकलाई दोस्रो दर्जामा राखेर प्रवेशमा रोक लगाइएको सचेतक कार्कीले संसदमा आफ्ना भनाईमा राख्नुभयो ।
काठमाडौं जान पर्दा नाकाबाट मानिसलाई फर्काउने गरिएकोले नाकाबन्दी गरिनुपनर्ने चेतावनी दिइएको छ । यसमा प्रदेश सरकारले संघीय सरकारलाई सचेत गराउने पर्ने बताउँदै सचेतक कार्कीले नत्र नागरिकको नाकाबन्दी संघीय राजधानी पर्ने दावी गर्नुभयो ।

कार्कीले संघीय संसदमा काँग्रेसले राख्दै आएको माग प्रदेश सरकारसँग समेत राख्नु भएको छ । प्रदेश १ सरकारले पीसीआर परीक्षणका क्रममा गरेको खर्च सदनमा जानकारी गराउनु पर्ने उहाँको जोड थियो ।
मुख्यमन्त्री शेरधन राईले कोरोनासँग लड्दै गरेको कुरा भिडियोमा सार्वजानिक हुने गरेपनि त्यसको जवाफ सदनमा दिनुपर्नेमा कार्कीको माग थियो । कार्कीले यातायात व्यवसायीको समस्या बुझ्नुपर्ने बताउँदै मजदुरको अवस्था नाजुक भएकोमा कसैले चिन्ता नलिएको धारणा राख्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्