प्रदेश १ बाट २३ जना डिस्चार्ज

<span class='c1'>प्रदेश १ बाट</span> <span class='c2'>२३ जना डिस्चार्ज</span>

विराटनगर । प्रदेश १ बाट सोमबार २३ जना डिस्चार्ज भएका छन् ।
कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १० र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १३ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

डिस्चार्ज हुनेमा ४ महिला र १९ पुरुष रहेका छन् । डिस्चार्ज हुनेमा मोरङका १३, उदयपुरका ४, सुनसरी ३, झापा २ र तेह्रथुमका १ जना रहेका छन् । प्रदेश १ मा संक्रमितको संख्या ४६४ पुगेको छ । सोमबारसम्म २५८ जना डिस्चार्ज भएका छन् ।
अस्पतालमा भर्ना भएका विभिन्न जिल्लाका १९० जना उपचाररतः रहेका छन् । कोशी कोभिड विराटनगरमा २३, पूर्वाञ्चल विश्वविद्यालय आईसोलेसन केन्द्र सुन्दरहरैचामा ९८, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ६४, उदयपुरको चौदण्डीगढी आईसोलेसन केन्द्रमा ५ जनाको उपचार भईरहेको छ । सोमबार संक्रमण पुष्टि भएकाहरुको व्यवस्थापनको काम भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्