स्वास्थ्यकर्मी र नगर प्रहरीलाई पीपीइ वितरण

स्वास्थ्यकर्मी र नगर प्रहरीलाई पीपीइ वितरण

विराटनगर । कोभिड–१९ को संक्रमणबाट बच्न स्वास्थ्यकर्मी र नगर प्रहरीलाई मातृकाप्रसाद कोइराला स्मृति प्रतिष्ठानले व्यक्तिगत सुरक्षा सामाग्री (पीपीइ) सहितका सामाग्री वितरण गरेको छ ।
प्रतिष्ठानले विराटनगरस्थित कोशी अस्पतालको कोभिडि–१९ उपचार केन्द्रमा खटिने स्वास्थ्यकर्मी र क्वारेन्टिनमा बसेका नगर प्रहरीलाई पीपीई सहितको सामाग्री वितरण गरिएको हो ।


प्रतिष्ठानका अध्यक्ष रीचा कोइरालाको सहयोगमा स्वास्थ्यकर्मी र नगर रक्षकहरूलाई पीपीइ वितरण गर्नुभएको हो । उक्त सामाग्री चलचित्र निर्देशक केशव रायमाझीले स्वास्थ्यकर्मी र सुरक्षामा खटिने नगर प्रहरीलाई हस्तान्तरण गर्नुभएको थियो ।
प्रष्ठिानले सहयोग गरेको पीपीइ सामाग्रीहरू विराटनगरस्थित कोशी अस्पताल, अतिथि सदन, कालिमन्दिर, मारवडी सेवा सदनमा खटिने नगर प्रहरीहरूलाई वितरण गरिएको थियो । कोभिड–१९ को शंकास्पद बिरामीको परीक्षणका लागि अग्रपंतिमा रहनुपर्ने स्वास्थ्यकर्मीलाई ध्यानमा राखी सामग्री वितरण गरिएको उहाँले बताउनुभयो ।

आउँदा दिनमा पनि स्वास्थ्यकर्मीहरूलाई आवश्यक पर्ने समाग्रीहरू प्रतिष्ठनाले वितरण गर्दै जाने अध्यक्ष कोइरालाले बताउनुभयो । सिंगापुर रेडक्रसको नेपाल प्रतिनिधी कल्पना क्षेत्री, प्रारम्भ नेपालका निर्देशक बद्रीराज तिमिलसेना, गायीका आनी छोइङ डोल्माको पहलमा उक्त पीपीइ प्रतिष्ठनालाई उपलब्ध गराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्