विराटनगरका एकजनासहित प्रदेशमा २० जनामा पुष्टि

विराटनगरका एकजनासहित प्रदेशमा २० जनामा पुष्टि

विराटनगर । मोरङको विराटनगर–९  का एक जना र सुन्दरहरैंचाका एक जनासहित प्रदेश १ मा मंगलबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
झापाका १२ जना, सुनसरीका ३ जना, तेह्रथुमका २ जना र ओखलढुंगाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
झापाको मेचीनगरमा ३ महिला, बुद्धशान्तिमा ३ महिला र ३ पुरुष, हल्दिबारीमा २ महिला, कचनकबलमा १ पुरुष तथा विर्तामोडमा २ पुरुषमा कोरोना देखिएको हो ।
यसैगरी सुनसरीको धरानमा २ महिला र कोशी गाउँपालिकामा १ पुरुष तथा ओखलढुंगामा १ पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयको कोभिड १९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन सचिबालयका संयोजक डा. सरोज विशाल बताउनुभयो ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४८३ पुगेको छ । प्रदेश १ बाट २५८ जना डिस्चार्ज भएका छन् ।
प्रदेशमा पीसीआर विधिबाट १९ हजार ९८४ जनाको र आरडिटी बिधिबाट १७ हजार ८४ जनाको परीक्षण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्