युवा उद्यमी मञ्च विराटनगरद्धारा मुख्यमन्त्री युवा कार्यक्रम गर्न प्रस्ताव

युवा उद्यमी मञ्च विराटनगरद्धारा मुख्यमन्त्री युवा कार्यक्रम गर्न प्रस्ताव

विराटनगर । युवा उद्यम मञ्च विराटनगर च्याप्टरले मुख्यमन्त्री युवा स्वरोजगार कार्यक्रम ल्याउन प्रस्तात गरेका छन् ।
प्रदेश १ सरकारले आगामी आर्थिक वर्षदेखिको नीति तथा कार्यक्रममा नै युवा स्वरोजगारको योजना समेट्नु पर्ने मञ्चले प्रस्ताव गरेको हो ।
मुख्यमन्त्री युवा उद्यमशीलता विकास कार्यक्रममा च्याप्टरले सहकार्य गर्न चाहेको उनीहरुले बताएका छन् ।
च्याप्टरले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई भेटेर युवा उद्यमशीलता मार्फत स्वरोजगारी र रोजगारीका अवसर सृजना गर्ने गरी सहकार्य गर्न प्रस्तावना सहितको ज्ञापन पत्र बुझाएको छन् ।
युवाहरुलाई सीपमुलक तालिममार्फत उत्पादनसँग जोड्दै स्वरोजगार बनाउने, बैदेशिक रोजगारबाट फर्किएका तथा रोजगार सृजनाका लागि रोजगार मेलाको आयोजना गर्ने प्रस्ताव अघि सारिएको मञ्चका सञ्चार संयोजक सन्जिव सिग्देलले जानकारी दिए ।
आगामी बजेटले परिकल्पना गरेको स्वरोजगार तथा रोजगारी सृजनका लागि मुख्यमन्त्री उद्यमशीलता कार्यक्रमको थप प्रभावकारिताका लागि अनुभवी युवाहरुलाई नीति निमार्ण तहमा सहभागिता गराउन समेत मञ्चले अनुरोध गरेको छ ।
सहकार्यको प्रस्तावनासहितको ज्ञापनपत्र हस्तान्तरण गर्र्दै मञ्चका अध्यक्ष सृजन प्याकुरेलले युवा स्वरोजगारका लागि तालिम सञ्चालन, व्यवसायिक विकासका लागि आवश्यक सूचना र जानकारी एकै स्थानबाट उपलब्ध गराउने व्यवस्था मिलाउन ब्यवसायिक संस्थाले विजनेश इक्वुबेटर सेन्टर स्थापना गरी गतिविधी समेट्ने र नयाँ उद्यमीहरुलाई सहयोग गर्ने गरी प्रदेश १ स्तरीय विजनेश इक्वुबेटर सेन्टर स्थापना गर्न मंञ्चले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्