धरानको वीपीबाट २७ जना डिस्चार्ज

<span class='c1'>धरानको वीपीबाट २७</span> <span class='c2'>जना डिस्चार्ज</span>

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट मंगलबार (आज) १८ महिने बालकसहित २७ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।
डिस्चार्ज भएर घर फर्कनेमा झापाका ४ जना, मोरङका १८ र सुनसरीका ५ जना र एक महिला तथा एकजना १८ महिने बालक रहेका हुन् ।
उनीहरुको पछिल्लो निरन्तरको दोस्रो पीसीआर परीक्षण रिपोर्ट नेगेटीभ आएपछि चिकित्सकको सिफारिसमा डिस्चार्ज गरिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिनु भएको छ ।
योसँगै प्रतिष्ठानबाट हालसम्म १५५ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । प्रतिष्ठानमा ४४ जना कोरोना संक्रमित उपचारतः रहेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्