विराटनगरको हाम्रो अस्पतालमा डाक्टरको लापरवाहीबाट शिशुको मृत्यु भएको आफन्तको आरोप

विराटनगरको हाम्रो अस्पतालमा डाक्टरको लापरवाहीबाट शिशुको मृत्यु भएको आफन्तको आरोप

विराटनगर । विराटनगर–४ एयरपोर्ट मोडमा रहेको हाम्रो अस्पतालमा नर्मल डेलिभरीबाट जन्मिएको नवजात शिशु डाक्टरको लापारवाही कै कारण मृत्यु भएको आरोपसहितको दावी आफन्तले लगाएका हुन् ।

अस्पतालमा गत आईतबार भर्ना भएकी मोरङ बुढीगंगा गाँउपालीका निवासी २१ बर्षीया सुवर्णा घिमिरेले सोमबार शिशुलाई जन्म दिएकी थिईन् । अस्पातलमा सोमबार नर्मल जन्मेको शिशु केही समयपछि मृत्यु भएपछि दुखमा परेका आफन्तले डाक्टरको लापारवाहीबाट नै ज्यान गएको दावी गरेका थिए । मृतक शिशुको शरिरभरी चोट देखिएपछि आफन्तले चिकित्सकले गम्भीर त्रुटी गरेको आरोप लगाएका हुन् । सुवर्णाको नर्मल डेलिभरी गराउने क्रममा डाक्टरले ध्यान नदिदा शिशुको मृत्यु भएको शिशुका हजुबुबा माधव प्रसाद घिमिरेले बताए । सुवार्णाले आफ्नो पेटमा गर्भ रहेदेखि नै डा.अन्जु देवलाई नियमित गर्भ तथा स्वास्थ्य परीक्षण गराउँदै आएकी थिइन् । डाक्टरले सुवार्णालाई असार ९ गतेको डेलिभरी हुने मिति तोकेकी थिइन् ।

तर पछिल्लो पटक डेलिभरीको समयमा अस्पतालकी डाक्टर सुरेका अधिकारीले सुवार्णको डेरीभरीको केस हेरेकी थिईन् । अस्पतालमा पटक पटक परीक्षणको क्रममा डाक्टरले कुनै समस्या नदेखिएको सल्लाह दिएको सुवर्णाले बताइन् । तर आफु असार ७ गते नै अस्पतालमा भर्ना भएको र भर्नाको क्रममा आफुलाई बेडमा रहदाँ कुनै पनि डाक्टरहरुले नहेरेको दुखेसो पोखिन् । बेडमा रहँदा आफुलाई धेरै नै समस्या भएको बेला चिकित्सकले ध्यान नदिएको उनको गुनासो छ । जन्मिसकेको बच्चाको विषयमा कुनै जानकारी नदिई एनआईयुमा लगेको र मृत्युपछि मात्रै जानकारी गराएको पीडित आमाको भनाई छ ।

[caption id="attachment_119125" align="alignnone" width="1920"] अस्पतालका निर्देशक तथा बरिष्ट फिजिसियन डा.शंकरप्रसाद अधिकारी[/caption]

शिशुको मृत्यु प्रकरणमा हाम्रो अस्पतालका व्यावस्थापक नित्यराज वस्यालले अस्पतालको तर्फबाट कुनै पनि लापारबाही नभएको दावी गरेका छन् । डेलिभरीको क्रममा चिकित्सक र नर्स २४ घन्टा विरामीको निगरानीमा रहेको बस्यालको भनाई छ । यता अस्पतालका निर्देशक तथा बरिष्ट फिजिसियन डा.शंकरप्रसाद अधिकारीका अनुसार शिशु जन्मन साथ रुनु पर्ने हो तर नरोएका कारण शिशुको अवस्था ठिक छैन भन्ने थाहा भएपछि तुरुन्त एनआईसियूमा भर्नाका लागि लगिएको थियो । तर, भर्ना गर्नु अगावै शिशु ज्यान गईसकेको अधिकारी बताउँछन् । गर्भमा शिशु सामान्य अवस्थामा रहेका आमाको अप्रेशन गर्नुपर्ने थिएन तर चिकित्सकले भ्याएसम्म बच्चालाई बचाउने प्रयास गर्दा पनि बच्चालाई बचाउन सकेनौ, डा.अधिकारीले भने–अस्पताल प्रशासन तथा चिकित्सक दुखि छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्