कोशी अस्पतालमा कुरुवा बसेकी युवतीमाथि जर्बरजस्ती करणी प्रयास

कोशी अस्पतालमा कुरुवा बसेकी युवतीमाथि जर्बरजस्ती करणी प्रयास

विराटनगर । विरामीको कुरुवा बसेका अवस्थामा कोशी अस्पताल विराटनगरको वार्डमा एक युवतीलाई जर्वरजस्ती करणी प्रयास भएको छ ।
उपचाररत बिरामीको रेखदेखका लागि बसेकी युवतीलाई बुधबार बिहान एक्कासी कसैले ओठमा चुम्बन गरेर फरार भएका हुन् ।
अस्पतालको महिला वार्डको बेड नं २०२ मा विरामीलाई राखिएको थियो । उनलाई रेखदेख गर्नका लागि २५८ नम्बर बेडमा युवती सुति रहेकी थिइन् । त्यसैबेला जर्वरजस्ती करणी प्रयास भएपछि उनले होहल्ला गरेकी हुन् ।
पीडित युवती सुतिरहेको अवस्थामा ती युवकले करणी प्रयास गरेसँगै प्रतिकारपछि भागेका थिए ।
प्रहरीमा पीडित युवतीले घटना बारे जानकारी गराएसँगै अनुसन्धान सुरु गरिएको छ । मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक मानवहादुर राईले घटनाको अनुसन्धानका लागि प्रमाणहरु संकलन भईरहेको बताउनुभयो । व्यक्ति पहिचानका लागि अस्पताल परिसरको सीसी क्यामेरा लगायतमा कैद भएका प्रमाणहरु जुटाउन थालिएको छ ।
घटनाको विषयमा युवतीले भनेकी छिन्, उनी भ¥याङबाट हाम फालेर भागेका थिए । पछि अस्पतालका गार्डसँग कुरा गरेर अस्पताल परिसरमा युवकलाई खोज्दा भेटिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्