विराटनगरमा लागुऔषध, धरानमा सिंग र प्वाँख नियन्त्रणमा

विराटनगरमा लागुऔषध, धरानमा सिंग र प्वाँख नियन्त्रणमा

विराटनगर । मोरङको बिराटनगर महानगरपालिका–१६ दरैयाबाट लागुऔषध कोरेक्स सहित १ जना व्यक्ति पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय रानी मोरङबाट खटिएको प्रहरी टोलीले मंगलबार राती १२ बजे स्थानीय १९ बर्षीय सुधिर पासवानलाई २२ बोतल लागुऔषध कोरेक्स सहित पक्राउ गरेको हो ।
पक्राउ परेका पासवानको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
यसैगरी धरानमा गाँजासहित जंगली जनावरको सिंङ्ग तथा प्वाँख ल्याउँदै गएको अवस्थामा इलाका प्रहरी कार्यालय धरानले ३ जनालाई पक्राउ गरेको छ ।
धरान उपमहानगरपालिका वडा नम्बर २० एक्लेवर चौतारा नजिक चाँदी बजारबाट धरानतर्फ आउँदै गरेको को २ ह ५४४७ नम्बरको ट्याम्पोको सिटमुनी लुकाई–छिपाई ल्याउँदै गरेको अवस्थामा दुईवटा पोकामा रहेको २४५ ग्राम गाँजा, जंगली पंक्षी कालिजको कालो रंगको प्वाँख जस्तो देखिने १८ थान, जंगली जनावर घोरलको सिंग जस्तो देखिने ४ थान, कस्तुरीको सिंग जस्तो देखिने २ थान सहित ३ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले धरान ११ बस्दै आएका ट्याम्पो चालक वर्ष २९ का नन्दीमान राई, सोही ठेगाना भएका वर्ष १९ का दिनेश भन्ने सबिन राई र वर्ष २० का सागर राई लाई नियन्त्रणमा लिइएको जानकारी दिइएको छ ।
उनीहरुलाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको र बरामद वन्यजन्तु अंग तथा पंक्षीको प्वाँख अनुसन्धानको लागि सेक्टर वन कार्यालय पाँचकन्या धरानमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्