विराटनगरमा एमसीसी खारेजको माग गर्दै नेकपा निकट अनेरास्ववियू विरोधमा

विराटनगरमा एमसीसी खारेजको माग गर्दै नेकपा निकट अनेरास्ववियू विरोधमा

विराटनगर । नेकपा निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) लाई प्रतिनिधिसभाबाट अनुमोदन गर्न नहुने भन्दै विराटनगरमा बुधबार विरोध प्रदर्शन गरेको छ ।


अमेरिकासँगको विशाल अनुदान सम्झौता, भनिएको मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट खारेज हुनुपर्ने र नेकपाको सचिवालय बैठकले अस्वीकार गर्नुपर्ने भन्दै अनेरास्ववियू विरोध प्रदर्शनमा उत्रिएको हो ।
प्रतिनिधिसभामा अनुमोदनका निम्ति दर्ता गरिएको यो सम्झौताको विषयमा मातृ पार्टी नेकपा भित्रको पक्ष र विपक्षको बहस सडकमा समेत विरोध प्रदर्शनको रुपमा देखिन थालेको छ ।


पार्टीको बुधबारदेखि सुरु सचिवालय बैठकले यसलाई टुङ्ग्याउने तयारी गरिरहेको छ । तर, यो स्वीकार गर्ने की अस्वीकार गर्ने पक्षको मत कसरी प्रकट हुन्छ भन्ने अझै प्रष्ट भएको छैन । सचिवालयका बहुमत सदस्य भने यसलाई अस्वीकार गर्नुपर्ने पक्षमा रहेका छन् ।
बैठकमा कम प्राथमिकताको एजेण्डाको रुपमा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गर्नु भएको छ । यसलाई अस्वीकार गर्नुपर्ने भन्दै अनेरास्ववियूका केन्द्रीय नेता वसिम आलमको नेतृत्वमा विराटनगरमा विरोध प्रदर्शन गरिएको हो ।

उक्त सम्झौता विवादित रहेको भन्दै तत्काल खारेज गर्नुपर्ने मागसहित विद्यार्थी नेताहरुले विराटनगरको ट्राफिक चौकमा ब्यानरसहित विरोध गरेका थिए । एमसीसी सम्झौताको पक्षमा मातृ पार्टी भित्र देखिएको विवादमा विभाजित भएका सचिवालयका सदस्यहरु जस्तै विद्यार्थीहरुमा समेत विभाजन देखिएको छ ।


केन्द्रीय नेता आलम, केन्द्रीय सदस्य जिसस न्यौपाने, केन्द्रीय निर्वाचन आयोग सदस्य दिपेन्द्र मेहतासहित अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल तथा झलनाथ खनाल पक्षहरु सडकका निस्केका छन् । तर, विद्यार्थी संगठन भित्र अराजकता मौलाएको भन्दै अखिलका केन्द्रीय निर्वाचन आयोग संयोजक भाष्कर खनालले प्रदर्शनको विरोध गर्दै फेसबुक पेजमा आफ्नो धारणा सार्वजानिक गरेका छन् ।

तर, केन्द्रीयस्तरमा प्रभावशाली मानिएका अखिलका नेता आलमले देशलाई ५५ अर्ब रुपिँयामा बिक्री गर्न नपाईने भन्दै विरोधमा निस्कनु परेको बताउनुभयो । उहाँले अमेरिकालाई नेपालमा खेल्नका लागि निम्ता दिन कम्यूनिष्ट पार्टीको सरकार नहुने दावी गर्दै भन्नुभयो–भित्री पक्ष नै खोतलेर पक्षमा उभिने नेताहरुको भण्डाफोर गर्नु जरुरी भएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्