‘लास्ट थर्सडे’ को ५३ औं श्रृंखलाका प्रमुखवक्ता लेखक शाक्य

‘लास्ट थर्सडे’ को ५३ औं श्रृंखलाका प्रमुखवक्ता लेखक शाक्य

विराटनगर । विराटनगरमा हरेक अंग्रेजी महिनाको अन्तिम बिहिबार हुने ‘लास्ट थर्सडे’ कार्यक्रम हाल कोरोना संक्रमणको कारण विगत ३ महिनादेखि अनलाइन मार्फत गरिदै आएको छ ।
यस पटकको ५३ औं श्रृंखलामा उद्यमी, समाजसेवी तथा लेखक कर्ण शाक्य प्रमुख वक्ताको रुपमा बिहीबारको अनलाइन संस्करणमा आउँनु हुने भएको हो ।
असार ११ गते, अर्थात बिहीबार दिनको ठिक ३ बजेदेखि अनलाइन मार्फत हुने विकल्प एन अल्ट्रनेटीभले जनाएको छ ।
उक्त कार्यक्रममा सहभागिताका लागि यस लिन्क मार्फत सहभागिता जनाउन सकिनेछ । कार्यक्रममा अतिथिले सहभागीहरुसँग व्यवसायिक क्षेत्रमा सफलता र अनुभव साट्नु हुने छ । सहभागीसँग अनुभव आदानप्रदानसहित अन्तरक्रियामा प्रमुख वक्ता शाक्यसँग दोहोरो अनलाइन संवाद गर्न सकिनेछ ।
विकल्प एन अल्ट्रनेटीभ, मकालु टिभी, विराटनगर इन्टरनेसनल कलेज, एनवाईईएफ विराटनगर, होटल नमस्कार र नेटवर्क फर फ्रि सोसाइटीको संयुक्त आयोजनामा यस कार्यक्रम संचालन हुँदै आएको छ । यस कार्यक्रमको मिडिया पार्टनरको रुपमा आवर विराटनगर डट नेट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्