प्रदर्शनीस्थल निर्माणमा संघ र संगठनबीच साझा समझदारी

प्रदर्शनीस्थल निर्माणमा संघ र संगठनबीच साझा समझदारी

विराटनगर । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघबीच अन्तर्राष्ट्रिय स्तरको औद्योगिक प्रदर्शनीस्थल निर्माणको काम संयुक्त प्रयासमा गर्ने सहमति भएको छ ।
उद्योग संगठन मोरङले ९५ वर्षका लागि लिजमा लिएको विराटनगर–४ स्थित मन्दिरको जमिनमा प्रदेश सरकार, विराटनगर महानगरपालिकाको सहकार्यमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण गर्न उद्योगी–व्यवसायीका संघ र संगठनबीच समझदारी भएको हो ।

मोरङ व्यापार संघ र उद्योग संगठन मोरङबीच प्रदर्शनीस्थल निर्माण स्वामित्व नमिल्दा सरकारी बजेट निकासामा समेत अलमल हुँदै आएको थियो । यसपछि संघ र संगठनले साझेदारी र सामानान्तर सहभागिता तथा दायित्व बहन गर्ने गरि सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।


उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले उद्योगी–व्यवसायीले लामो समयदेखी प्रदर्शनी स्थलको अभाव भोग्दै आएको कुरालाई मनन् गर्दै सहमति गर्नुपर्ने आवश्यकता परेको बताउनु भएको थियो । स्थायी प्रदर्शनीस्थल निर्माणका लागि संयुक्त प्रयास आवश्यक रहेको बताउँदै घिमिरे समग्र उद्योग र व्यवसायको क्षेत्रमा खुशीको खबर सञ्चार गर्ने प्रयास गरिएको बताउनु भएको थियो ।

यसैगरी मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले औद्योगीक व्यवसायीक क्षेत्रको विकासका लागी दुवै संस्थाबीच एकता आवश्यक रहेको बताउँदै समझदारीलाई कोशेढुंगा सावित गरिने दावी गर्नुभयो । उद्योगी–व्यवसायीको हक, हितका लागी स्थापित दुई सस्थाको उद्देश्य समान रहेको साझा अभियान आवश्यक रहेको मुन्दडाको भनाई थियो ।


उद्योग संगठन मोरङका पूर्वअध्यक्ष सुशिल कुमार धनावतले दुवै संस्थाबीच एउटा नयाँ कामको लागि समझदारी भएको र त्यसले समग्र विराटनगरलाई नयाँ संरचना उपहार दिने बताउनु भएको थियो । मोरङ व्यापार संघ पूर्व अध्यक्ष महेश जाजुले औद्योगिक वस्तुहरुको बिकी्र वितरण र प्रवद्र्धनका लागि आवश्यक रहेको प्रदर्शनीस्थल निर्माणका लागि सबैको सहयोग आवश्यक रहेको बताउनु भएको थियो । संघका पूर्व अध्यक्ष शंकरलाल अग्रवालले सकारात्मक सुरुवातले निकट भविष्यमा नै औद्योगिक प्रदर्शनीस्थल निर्माणले गतिलिने विश्वास व्यक्त गर्नु भएको थियो ।

संगठनका अध्यक्ष घिमिरे र संघका अध्यक्ष मुन्दडाबीच समझदारी पत्रमा हस्ताक्षर हुँदा उद्योगीहरु प्रदिप मुरारका, राजकुमार गोल्छा, नन्दकिशोर राठी, सुवोध कोइराला, सुरेन्द्र गोल्छा, संजय कुमार अग्रवाल, प्रतिभा रिजाल ओली, विपिन काबरा, विनोद पौडेल, पारस लुनिया र व्यवसायी तथा उद्योगीहरु नविन रिजाल, अनुपम राठी, विकास वेगवानी, अनिल शाह, अनिल शारडा, सुनिल टिवडेवाल लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्