मोरङको कटहरीमा एकजनामा कोरोना भाईरस संक्रमण, प्रदेश १ मा ४९६ पुग्यो

मोरङको कटहरीमा एकजनामा कोरोना भाईरस संक्रमण, प्रदेश १ मा ४९६ पुग्यो

विराटनगर । मोेरङको कटहरीमा एक जना पुरुषमा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । बुधबार मोरङका एकजनासहित प्रदेश १ मा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

झापा मेचीनगरमा १० जना पुरुष, शिवसत्ताक्षी गाउँपालिकामा १ जना पुरूष र सुनसरीको हरिनगर गाउँपालिकामा १ जना पुरूषमा संक्रमण देखिएको छ प्रदेश १ सामाजिक विकास मन्त्रालयका डाक्टर सरोज विशालले जानकारी दिनुभयो ।

उनीहरूको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४९६ पुगेको छ । प्रदेश १ मा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या २८५ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्