मुख्यमन्त्रीको ५० औं जन्मोत्सवको किनमेल नर्सरीमा

मुख्यमन्त्रीको ५० औं जन्मोत्सवको किनमेल नर्सरीमा

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो ५० औं जन्मोत्सवको अवसरमा बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा बृक्षारोपण गरेर मनाउनु भएको छ ।

मुख्यमन्त्री राईको जन्मोत्सवको अवसरमा शुभेक्षुकहरुले बिहानैदेखि सामाजिक सञ्जालमा शुभकामना व्यक्त गरेका थिए । मुख्यमन्त्री राईले दिउँसो मन्त्रिपरिषद् कार्यालयमा स्थानीय नर्सरीबाट आँपको बिरुवा किनेर रोप्नु भएको हो ।

प्रदेश सरकारले आफ्नो नीति, कार्यक्रममा प्रदेशलाई फलफुल उत्पादनमा आत्मनिर्भर बनाउने र हरियाली प्रदेशको परिकल्पना गरेको छ । मुख्यमन्त्रीका प्रेस सल्लाहाकार धु्रव सुवेदीका अनुसार जन्मोत्सवको अवसरमा आँपको बिरुवा किनेर रोप्दा सकारात्मक सन्देश जानसक्ने मनसाय राखेर उहाँले रोप्नु भएको हो ।  प्रदेश सरकारले आगामी दशकलाई फलफुल उत्पादन दशक बनाउन कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्