बिहीबार ७० जनाले कोरोना भाईरस परास्त गरेर घर फर्किए

बिहीबार ७० जनाले कोरोना भाईरस परास्त गरेर घर फर्किए

विराटनगर । प्रदेश १ बाट बिहीबार ७० जना संङ्क्रमित निको भएर घर फर्केका छन् ।
पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेशन सेन्टरमा उपचाररत ७० जनालाई डिस्चार्ज गरिएको हो ।

डिस्चार्ज हुनेमा मोरंगका १२, झापाका २९, सुनसरीका २०, ईलामका २, उदयपुरका ४, पाँचथर,भोजपुर र ताप्लेजुङका १–१ जना छन् ।
डिस्चार्ज हुने जेठ २५ देखि ३० गते सम्म भर्ना भएका १५ देखि ४८ वर्ष उमेर समुहका छन् ।

डिस्चार्ज भएकाहरूलाई पूर्वाञ्चल विश्वविद्यालयका डिन डा.शैलेशमणि पोखरेल, स्वास्थ्य कार्यालय मोरंगका प्रमुख ज्ञानबहादुर वस्नेत लगायतले विदाई गर्नु भएको थियो ।

बिहीबार ७० डिस्चार्ज भएसँग‌ै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ३५५ जना पुगेको छ । प्रदेश १ मा बिहीबार ७ जना संक्रमित थपिएका छन् । मोरंगमा १, सुनसरीमा २ र झापामा ४ रहेका छन् । प्रदेश १ मा संक्रमितको संख्या ५ सय ३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्