विराटनगर–१८ मा पानीमा डुबेर बालकको मृत्यु

विराटनगर–१८ मा पानीमा डुबेर बालकको मृत्यु

विराटनगर । विराटनगर–१८ आईसीपी नजिक वर्षाका कारण जमेको पानीमा डुबेर बालकको मृत्यु भएको छ ।
बिहीबार बिहानैदेखि परेको अबिरल वर्षाका कारण जमेको पानीमा ७ वर्षीय बालक अंकुश मण्डलको डुबेर ज्यान गएको हो ।


घरबाट आफ्ना काकाको पसलतर्फ जाने क्रममा करिब ६ फिट गहिरो पानीको आहालमा बालक डुब्न पुगेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिनुभयो ।


पानीमा डुबेका बालकलाई उद्धार गरेर कोशी अस्पताल विराटनगर उपचारका लागि पु¥याइएको थियो । तर, अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो । घटनाको विषयमा प्रहरीले अहिले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्