मोहीको धुलो आयातमा रोक, बिस्कुट तथा कन्फेक्सनरी उत्पादन कटौती गरिदैं

मोहीको धुलो आयातमा रोक, बिस्कुट तथा कन्फेक्सनरी उत्पादन कटौती गरिदैं

विराटनगर। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले धूलो दूध (मिल्क पाउडर) सँगसँगै मोहीको धुलो (ह्वे पाउडर) को आयातमा रोक लगाएपछि बिस्कुट लगायतका खाद्यवस्तुको कच्चा पदार्थको अभाव हुन थालेको छ ।

ह्वे पाउडर पैठारीमा अवरोध भएपछि बिस्कुट, कन्फेक्सनरी, बेकरी उत्पादन, क्रिम, चिज बल, नुडल्स, कुरकुरे जस्ता स्न्याक्स खाद्यवस्तुको उत्पादनमा असर पुगेको हो । यस्ता खाद्यवस्तुका लागि ह्वे पाउडर सहायक कच्चा पदार्थ हो । उद्योगी एवं क्लालिटी बिस्कुट इण्डस्ट्रीका सञ्चालक श्याम काबराका अनुसार लकडाउनसँगै विभागले ह्वे पाउडरको आयातमा रोक लगाएको थियो ।

मिल्क पाउडरकै आइटममा पर्ने ह्वे पाउडर आयात पनि रोकिएपछि उत्पादन अवरोध हुनसक्ने भएको छ । मिल्क र ह्वे दुबै पाउडरको पैठारीका लागि लकडाउन अगाडीसम्म अनुमति पाइन्थ्यो तर मिल्क पाउडर नेपालकै बिक्री नभएर थन्किएको छ । विभागले लकडाउन सुरु भएसँगै बन्द गरेपछि खोल्ने स्वीकृति समेत दिन नमानेको उद्योगी काबराले बताएका छन् ।

‘मिल्क पाउडर त नेपालमा नै उत्पादन गरिन्छ र यहाँ खरिद गर्न पनि पाइन्छ तर ह्वे पाउडरको उत्पादन स्वदेशमा छैन । स्वदेशी बजारमा खरिद गर्न नपाइने भएकोले तत्काल खोल्नुपर्ने माग उद्योगीहरुले राखेका छन् । नेपालको कानुनअनुसार कुनै पनि खाद्यवस्तु वा त्यसको कच्चा पदार्थको पैठारी गर्नुअघि खाद्यको अनुमति–पत्र अवश्य चाहिन्छ ।

खाद्यको अनुमति–पत्र नभएमा बैंकले उक्त खाद्यवस्तु वा त्यसको कच्चा पदार्थको एलसी (प्रतीतपत्र) खोल्न सकिैदन । लकडाउनपछि देशभित्रै मिल्क पाउडरको उत्पादन यथेष्ट हुन थाल्यो यसपछि यसको पैठारीको अनुमतिमा रोक लगाइएको हो । तर, मिल्क पाउडरसँगसँगै देशभित्र उत्पादन नै नहुने ह्वे पाउडरमा पनि रोक लगाइनुले उद्योगीहरुलाई असजिलो बनाईरहेको छ ।

नेपालमा ह्वे पाउडरको पैठारी भारतको अमुल लगायतका संस्थागत डेरी उद्योगबाट गरिदैं आएको छ । अझै एकदुई हप्ता ह्वे पाउडरको पैठारीमा अवरोध लागेमा उद्योगले बिस्कुट, चकलेट, स्न्याक्स लगायतका आधा दर्जन उत्पादन कटौती गर्नुपर्नेछ । ह्वे पाउडरलाई कतिपय खाद्य उद्योगहरूले चिज पाउडरको विकल्पमा पनि प्रयोग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्