जोगबनी भन्सारमा सर्भर समस्या, विराटनगर भन्सारको राजश्व खुम्चियो

जोगबनी भन्सारमा सर्भर समस्या, विराटनगर भन्सारको राजश्व खुम्चियो

विराटनगर । भारतीय भन्सार कार्यालय जोगबनीमा इन्टरनेटको सर्भर बिग्रदाँ पाँच दिनदेखि नेपालबाट पैठारी र निकासी अवरोध भएको छ । विराटनगर–१८ बुधनगरको आईसीपी र भारतको आईसीपी जोडिएको छ । त्यहि भारतीय आईसीपी परिसरमा रहेको जोगबनी भन्सारको इन्टरनेट सर्भर फेल हुँदा भारतसित हुने आयात–निर्यातमा समस्या भएको हो ।

 

नेपालको आईसीपी व्यवस्थापन गर्दै आएको ट्रान्स नेपाल फ्रेट एण्ड सर्भिसेजका प्रमुख गणेश घिमिरेका अनुसार दैनिक ३०० सय मालवहाल सवारी नेपाली भन्सारमा प्रवेश गर्नुपर्नेमा अहिले १५० मात्रै आईरहेका छन् । सर्भरमा समस्या देखिएपछि भन्सार कार्यालय जोगबनीतर्फ तरकारी, जुटका सामानसहितका मालवहाक रोकिएका हुन् ।
भारतीय जोगबनी भन्सारमा एअरटेल र बोडाफोनको इन्टरनेट प्रयोग गरिदैं आएको थियो, त्यसमध्ये बोडाफोनको इन्टरनेट सर्भरमा समस्या देखिएको हो ।

निकासी–पैठारी सुचारु हुन नसक्दा जोगबनी भन्सारदेखि पाँच किलोमिटरको दुरीमा पर्ने मीरगञ्ज पुलसम्म मालवहाक ट्रक र कन्टेनरको लाइन लागेको विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष बिजेन्द्र परासरले बताएका छन् ।
दैनिक १० करोडभन्दा बढी राजस्व संकलन गर्न थालेको विराटनगर भन्सारमा समेत यसको प्रभाव देखिन थालेको छ । कार्यालयले पछिल्लो पाँचदिन यता ५ करोडदेखि ७ करोड रुपिँया मात्रै असुल गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्