नेकपा मोरङले १४ गते रुख र १५ गते धान रोप्ने

नेकपा मोरङले १४ गते रुख र १५ गते धान रोप्ने

विराटनगर । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मोरङले ६९ औं मदन जयन्तीको अवसरमा जिल्लाव्यापी बृक्षारोपण कार्यक्रम आयोजना गर्ने भएको छ । ‘बृक्षारोपण गरौं, वातावरण जोगाऊँ’ नारासहित आइतबार मोरङको बेलबारी–८ सामुदायिक वन र रतुवामाईको झुनाबारीमा रुख रोप्ने कार्यक्रम राखिएको हो ।

जिल्ला पार्टीले मातहतका सबै तहका सदस्य तथा जनवर्गिय संगठन सदस्यलाई रुख रोप्ने अभियानमा सरिक हुनका लागि निर्देशन गरेको छ । यसैगरी जिल्लामा रहेका केन्द्रीय तथा प्रदेश समिति सदस्यलाई समेत कार्यक्रममा सहभागी हुनका लागि अनुरोध गरिएको छ ।

 

पार्टीले निर्धारण गरेको दुईस्थानमा उपस्थित हुन नसक्ने कार्यकर्तालाई आफ्नै घरको पेरीफेरीमा रुख रोपेर स्वर्गिय नेता मदन भण्डारीलाई सम्झन आग्रह गरिएको छ । कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की प्रमुख अथिति तथा अन्य मन्त्रीहरुलाई आतिथ्यताको लागि अनुरोध गरिएको छ ।

यसैगरी असार १५ गते राष्ट्रिय धान दिवसलाई भव्य बनाउनका लागि बुढीगंगा गाउँपालिकाको हात्तिमुढामा धान रोपाँई गरिने भएको छ । यसको व्यवस्थापन मनमोहन पोलिटेक्निकले गर्नेछ प्रचार विभाग मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्