विराटनगरमा श्रीमान्–श्रीमती नै संक्रमित, प्रदेश १ मा १६ जना थपिए

विराटनगरमा श्रीमान्–श्रीमती नै संक्रमित, प्रदेश १ मा १६ जना थपिए

विराटनगर । प्रदेश १ मा शुक्रबार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विराटनगर महानगरपालिका–६ का दुईजनासहित झापामा ४ र सुनसरीमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये विराटनगरका ३१ वर्षीय पुरुष र २१ वर्षीया महिला श्रीमान्–श्रीमती हुन् ।

विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका उनीहरू भारतको नयाँ दिल्लीबाट नेपाल फर्किएका थिए ।
झापाको दमक नगरपालिकामा १ जना महिला र दुईजना पुरुष, मेचीनगरमा १ जना पुरुषमा संक्रमण देखिएको छ । उनीहरु दुवैजना भारतको दिल्लीबाट फर्केपछि फरक–फरक क्वारेन्टीनमा राखिएको थियो । विराटनगर महानगरपालिकाले महिला र पुरुषलाई अलग–अलग क्वारेन्टीनमा राखेको हो।
सुनसरीको कोशी गाउँपालिकामा ३ महिलासहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देवानगञ्ज गाउँपालिकामा एक महिला र एक पुरुषमा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमलका अनुसार मोरङका २, झापाका १ जना र सुनसरीका १० जनाको कोशी अस्पतालमा परीक्षण भएको जानकारी दिनुभयो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका तीनजनाको रिपोर्ट पोजेटिभ देखिएको थियो ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५१९ पुगेको छ । तीमध्ये ३७६ जना उपचारपछि घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्