विराटनगर गोल्डेन अस्पतालमा पैसा अभावका कारण ८ महिनादेखी  उपचाररतः गणेशलाई जुट्न थाल्यो उपचार खर्च

विराटनगर गोल्डेन अस्पतालमा पैसा अभावका कारण ८ महिनादेखी  उपचाररतः गणेशलाई जुट्न थाल्यो उपचार खर्च

प्रेम देवान
विराटनगर । आर्थिक अवस्था कमजोर भएका कारण उपचार गराउन समस्या भएका गणेश कुमार राईलाई उपचारका लागि खर्च जुट्न थालेको छ । गत कार्तिक १२ गते सुनसरीको तरहरामा दुर्घटनामा परी गम्भीर घाइते ४२ वर्षीय राईको उपचारका लागि खर्च जुट्न थालेको हो ।


विराटनगरको गोल्डेल अस्पतालमा ८ महिनादेखी उपचारातः उनको विषयमा ‘उपचार गरेवापतको रकम अस्पताललाई र्तिन नसक्दा अस्पतालमै’ भन्ने शिर्षकमा भिडियोसहितको समाचार आवर विराटनगरले प्रसारण गरेको थियो ।
गत कार्तिकको भाईटिकाको दिन टेम्पो दुर्घटनामा परेका उनको आजसम्म गोल्डेन अस्पतालमै उपचार भईरहेको छ । दुई पटकसम्म टाउकाको अप्रेशन गरिसकिएको छ तर पनि उनको होस अझै आएको छैन । खाना खुवाउनका लागि नाकबाट पाईप राखिएको छ ।

 

उनको रेखदेखमा अस्पताललमा श्रीमती र छोरा छन् । दोहो¥याएर टाउकाको अप्रेशन गरिएका कारण फिजियोथेरापी गराउन चिकित्सकले सिफारिस गरेपनि पैसा अभावका कारण लैजान नसकिएको परिवारका सदस्यले गुनासो गर्दै आएका छन् ।
अस्पतालमा ८ महिनासम्म बसेको र औषधी खर्च गरी करिब ११ लाख बढी आवश्यक गोल्डेनबाट श्रीमान्लाई निकाल्न पैसा आवश्यक परेको श्रीमती विष्णुमाया राईले बताइन् । त्यहि पैसाको अभावका कारण गोल्डेनमै थुनिएका गणेशको विषयमा आवर विराटनगरमा आएको समाचार हेरेर देश तथा विदेशबाट उपचार खर्चको लागि सहयोगी हातहरु जुटेका छन् । उनको उपचारमा सहयोग पुगोस भनेर खर्च पठाउनेको संख्या दैनिक थपिदैं जान थालेको छ ।


गणेसको उपचारका लागि फ्रान्स, युके र नेपालका केही सामाजिक अभियान्ताहरुले अस्पतालमा पुगेर परिवारका सदस्यलाई सहयोग उपलब्ध गराउन थालेका छन् । विराटनगरमा रहेको नारी द पावर, स्वतन्त्र महिला समुह र व्यक्तिगत रुपले पनि सहयोग हस्तान्तरण गरिएको छ ।
गणेसका छोरा सन्तोष राईका साथीहरुले साथीको बुबाको अवस्था भिडियोमा देखेपछि विदेशबाट उपचार खर्च पठाएका छन् । सन्तोषका साथी सुमन श्रेष्ठ, अमन घले र आकाश राईले युकेबाट १ लाख ५१ हजार ५६४ र अर्का साथी भविराज राईले ३० हजार रुपैँया पठाएका हुन् । फ्रान्सबाट रमन भारतीले ५३ हजार ७०९ रुपिँया खर्च पठाएका छन् ।


विराटनगरको नारी द पावरले अस्पतालमा नै पुगेर ३० हजार रुपिँया उपचार खर्च परिवारका सदस्यलाई उपलब्ध गराएका छन् । नारी द पावरकी मन्दिका पौडेलको नेतृत्वले गणेशको परिवारलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । उपचारका लागि स्वतन्त्र महिला समुहले १० हजार आर्थिक सहयोग गरेको छ । समुहकी दिक्षा खड्का र अन्य सदस्यहरु अस्पतालमा पुगेर सहयोग हस्तान्तरण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्