मोरङमा थप दुईजनामा संक्रमण, प्रदेशमा ५३३ जना पुग्यो

मोरङमा थप दुईजनामा संक्रमण, प्रदेशमा ५३३ जना पुग्यो

विराटनगर । प्रदेश १ मा शनिबार मोरङको बुढीगंगाका एक महिला र एक पुरुषसहित १४ जनामा कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
मोरङका दुईसहित इलामका ५ र उदयपुरका ७ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय जानकारी दिइएको हो । योसँगै प्रदेशमा संक्रमितको संख्या ५३३ पुगेको छ ।

उदयपुरको त्रियुगाका ३ महिला र ४ पुरुष तथा इलामको सुर्योदयका ५ पुरुषमा कोरोना देखिएको मन्त्रालयको कोभिड १९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन सचिबालयले जनाएको छ ।

प्रदेश १ मा शनिबारसम्म २१ हजार ५२२ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ । शनिबार ७२४ जनाको परीक्षण भएको छ ।
संक्रमितहरुमध्ये शनिबारसम्म ३७७ जना अस्पतालबाट निको भएर डिस्चार्जपछि घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्