सरकारले २० रुपैँया केजी सलह किरा किन्ने

 सरकारले २० रुपैँया केजी सलह किरा किन्ने

विराटनगर । सलह किरा पक्रेर ल्याउँदा प्रदेश ५ सरकारले नगदमा खरिद गर्ने भएको छ ।
सरकारले बालीको बिध्वंस मच्चाउने खन्चुवा सलह किरा प्रतिकेजी २० रुपैँयामा खरिद गरिदिने निर्णय गर्दै प्रभावित क्षेत्रका सर्वसाधारणका लागि सूचित गरेको हो ।

प्रदेश ५ मा शनिबार सलह किरा देखिएको थियो । लगतै प्रदेश सरकारले एक किलो सलह किरा पक्रेर ल्याउनेलाई २० रुपैँया दिने निर्णय गरेको थियो । सलह किराले बालीमा पु¥याउने क्षतिबाट रोक्नका लागि किरा संकलन गरेर वडा कार्यालयमा बुझाउँनेले २० रुपैँया पाउनेछन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर वलीका अनुसार यो प्रोत्साहन रकम उपलब्ध गराउनाले किसानको बाली नष्ट हुनबाट रोकिनका साथै सलह किराको समेत नष्ट गर्न सकिने संभावना छ ।

सलह किरा दिउँसो उड्छ र साँझमा बास बस्छ । बास बसेका बेलामा समाते क्षति हुनबाट रोकिन्छ । त्यति मात्रै नभई मेहेनत वापत प्रोत्साहन रकम लिन मन्त्रालयले अपील गरेको हो । मालाथिन र क्लोरपाइरिफोस विषादी पानीमा मिसाएर छर्केर पनि सलह नष्ट गर्न सकिने छ ।
३ मिलिलिटर मालाथिनमा एक लिटर पानी र २ मिलिलिटर क्लोरपाइरिफोसमा एक लिटर पानी मिसाउन सकिन्छ ।
मन्त्रालयले धानको बीउलाई सुरक्षित गर्न छोप्नका लागि आग्रह गरेको छ । किराले नभेट्ने गरि त्रिपाल वा प्लास्टिक वा अन्य कुनै वस्तु ढाक्नका लागि आग्रह गरिएको हो । सलहले रोप्ने तयारीमा रहेको धानको बीउ नष्ट ग¥यो भने रोपाई नै हुन सक्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्