सुनसरी प्रहरीले १० लाख बढी मुल्य बराबरका हराएका र चोरी भएका मोवाईल धनीलाई बुझायो

सुनसरी प्रहरीले १० लाख बढी मुल्य बराबरका हराएका र चोरी भएका मोवाईल धनीलाई बुझायो

विराटनगर । सुनसरी प्रहरीले एक महिनाको अवधीमा चोरी भाएका र हराएका १० लाख मुल्यबराबरका मोवाईल फेला पारी सम्बन्धीत धनीलाई बुझाएको छ ।


ईलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न ब्राण्डका ४५ थान मोवाईल सेट फेला पारी सम्बन्धीत धनीलाई बुझाएको छ । आफ्ना मोवाईल बिभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको भन्ने बिभिन्न ब्यक्तिहरुले दिएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा यसै महिनामा मात्र करिव १०,३८,१००।(दश लाख अढतिस हजार एक सय) मुल्य बराबरका ४५ थान मोवाईल सेट फेला पारी सम्बन्धीत धनीहरुलाई बुझाएको हो ।
ईलाका प्रहरी कार्यालय ईटहरीमा  CDR शाखा स्थापना भएदेखी हालसम्म बिभिन्न ब्राण्डका अन्दाजी ५५,८६,५२०।((पचपन्न लाख छ्यासी हजार पाँचसय वीस) रुपैयाँ बराबरको २३१ थान मोवाईल फेला पारी सम्बन्धीत धनिलाई बुझाई सकिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्