स्वर्गिय मदनको नाममा रुख रोप्दै मुख्यमन्त्रीले भने–समृद्धि र विकासको यात्रा रोकिदैन

स्वर्गिय मदनको नाममा रुख रोप्दै मुख्यमन्त्रीले भने–समृद्धि र विकासको यात्रा रोकिदैन

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले स्वर्गिय मदन भण्डारीले देखेको सपना समृद्धि र विकासमार्फत पूरा गरिने बताएका छन् ।
विराटनगर–५ शंकरबारीमा नेकपा मोरङ विराटनगर महानगरपालिकाले आयोजना गरेको बृक्षारोपण कार्यक्रममा जननेता मदन भण्डारीको नाममा रुख रोपिसकेपछि उनले यस्तो बताएका हुन् ।


वर्षाको पानी र हिलो छिचोल्दै राष्ट्रिय बृक्षारोपण दिवसको अवसर कै दिन स्वर्गिय भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा रुख रोप्ने कार्यक्रम पार्टीको महानगर समितिले गरेको हो ।

मुख्यमन्त्री राईले एक बोट रुद्राक्षको बिरुवा रोपेका थिए । त्यसपछि आयोजित संक्षिप्त कार्यक्रममा आफ्ना धारणा राख्दै उनले समृद्धि र विकास अहिले एक मात्र चाहना र लक्ष्य भएको बताएका थिए ।  स्वर्गिय भण्डारीले देखेका सपना पूरा हुने दावी मुख्यमन्त्री राईको छ । यात्रा प्रारम्भ गरिसकेका छौं, उनले भने, स्वर्गिय मदन भण्डारीको सपना पूरा नगरिकन रोकिने वाला पनि छैन ।


विश्व र नेपालमा समेत कम्यूनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेका बेला तत्कालिन एमालेका महासचिव मदन भण्डारीको विचारले नयाँ उर्जा थपेकै कारण नेपालमा कम्यूनिष्ट पार्टीको नेतृत्वमा सरकार बनेको उनको भनाई थियो । वैचारिक र राजनीतिक लाइन सहि लिएकै आधारमा नेपालमा अग्रगामी परिवर्तन संभव भएको कार्यक्रममा मुख्यमन्त्रीले भनाई राखेका हुन् ।
विराटनगर–५ शंकरबारी टोलमा प्रदेश सरकारको लगानीमा निर्माणाधिन हरियाली पार्कमा नेकपाले बृक्षारोपण कार्यक्रम राखेको हो । प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको लगानीमा विराटनगर महानगरले हरियाली पार्क निर्माणको काम गरिरहेको छ । पार्कलाई व्यवस्थित बनाएर आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनाउने उद्देश्य राखिएको छ ।
विराटनगर–५ का अध्यक्ष मिनकुमार आचार्यले केशलिया खोला उकास क्षेत्रमा दुई विघा क्षेत्रफलमा पार्क निर्माण हुने जानकारी दिएका छन् । त्यसका लागि अहिले काम भईरहेको छ ।


चालु आर्थिक वर्षमा पार्कका सुरक्षाका लागि घेराबेरा र शौचालय लगायतका संरचना निर्माणको काम हुनेछ । बाँकी कामका लागि आगामी आर्थिक वर्षमा समेत योजनामा राखिएको वडा अध्यक्ष आचार्यले जानकारी दिए ।
पार्क निर्माण क्षेत्र आसपासको तीन किलोमिटर केशलिया खोला दुवै किनारमा तटबन्ध गरि बोट सञ्चालन गर्ने अवधारणा समेत राखिएको अध्यक्ष आचार्यले दावी गरेका छन् ।
हरियाली पार्क नजिकै संघीय सरकारको तराई–मधेश समृद्धि कार्यक्रम अन्तर्गत ५४ वटा जनता आवास निर्माण भईरहेका छन् । चालु आर्थिक वर्षमा २० घर निर्माण सम्पन्न हुने र बाँकी आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
विराटनगर महानगरपालिका अध्यक्ष सागर थापाले स्वर्गिय मदन भण्डारीको जन्मजयन्ती तथा राष्ट्रिय बृक्षारोपण दिवसको अवसर पारेर सरकारको लगानीमा निर्माण भईरहेको पार्कमा बृक्षारोपण गरि संरक्षणको पहल सुरु गरिएको बताउनुभयो ।
नेकपा मोरङ जिल्ला पार्टीले बेलबारी नगरपालिका र रतुवामाई नगरपालिकामा जिल्ला व्यापी बृक्षारोपणको कार्यक्रम आइतबार आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्