मोरङको सुनवर्षिमा १७ जनामा संक्रमण, प्रदेश १ मा २७ थपिए

मोरङको सुनवर्षिमा १७ जनामा संक्रमण, प्रदेश १ मा २७ थपिए

विराटनगर । प्रदेश १ मा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार थपिएकामध्ये १७ जना मोरङका हुन् ।
प्रदेश १ सामाजिका विकास मन्त्रालयले दिएको जानकारी अनुसार मोरङका १७, झापाका २, उदयपुरका ६ तथा इलाम र सुनसरीका १–१ जनामा संक्रमण पोजेटिभ दिएको हो ।

कोभिड १९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन सचिवालयका अनुसार आइतबार थपिएकासहित प्रदेश १ मा संक्रमितको संख्या ५६० पुगेको छ ।

आइतबार मोरङको सुनवर्षीका १६ पुरुष र एक महिला, झापाको हल्दिवारीका २ महिला, सुनसरीको इनरुवाका एक पुरुष, इलामको माइ नगरपालिकाका एक पुरुष तथा उदयपुरको कटारीका ३ महिला, २ पुरुष र त्रियुगाका १ पुरुषमा कोरोना पुष्टि भएको हो ।
आइतबार सुनसरीको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा भर्ना भएका झापाको कचनकबलका एक पुरुष निको भई डिस्चार्ज भएका छन् ।

योसँगै प्रदेश १ मा हालसम्म कोरोनामुक्त भएर डिस्चार्ज हुनेको संख्या ३७८ पुगेको छ । प्रदेशभरी २२ हजार १८० जनाको पीसीआर बिधिबाट कोरोना परीक्षण भएको छ । आइतबार ६५८ जनाको परीक्षण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्