रंगेलीका मौरी पालक किसानलाई अनुदानको सामाग्री

रंगेलीका मौरी पालक किसानलाई अनुदानको सामाग्री

रबिन्द्र बराल
विराटनगर । ‘दैनिकी गरांै मह सेवन, हुन्छ स्वास्थ्य दिर्घ जीवन’ नाराका साथ मोरङको रंगेली नगरपालिका–३ रंन्जनीमा कृषि ज्ञान केन्द्र सुनसरी–मोरङ तथा मौैैैरी ब्लक सन्चालन समितिले अनुदान सामग्री वितरण गरेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कृषि ज्ञान केन्द्र सुनसरी–मोरङ तथा मौरी ब्लक संचालक समिति सार्वजानिक सुनुवाईसहितको कार्यक्रम आयोजना गरि अनुदान सामाग्री वितरण गरेको हो ।

संस्थाले चालु खर्च दुई लाख ६५ हजार रुपैँया पूँजिगततर्फ ६४ लाख ७० हजार रुपँैया गरि कुल खर्च ६७ लाख ३५ हजार रुपैँयाँ भएको जानकारी दिइएको छ । जसमध्ये समितिले ३२ लाख ३५ हजार रुपैँया तथा अनुदानबाट ३५ लाख रुपैँया बेहोरिएको जानकारी दिइएको छ ।
कार्यक्रमको प्रमुख अतिथि रंगेली नगरपालीका उप–मेयर केशव कुमारी खराल वडा अध्यक्ष घनश्याम पनेरू, कृषि शाखा सुनसरी मोरङका रामदेव सिंह महासंघ अध्यक्ष बोधराज खतिवडासहितको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी मौरी पालक किसानहरुले भने आफुहरुले मोरङको लेटाङ, पथरी, उर्लाबारी क्षेत्रमा रहेको जंगलमा मौरी चराउन लगेता पनि लकडाउनका कारण समयमै घर ल्याउन नपाएर समयमै मह काड्न नपाएको गुनासो गरेका थिए । त्यसले धेरै मौरीहरु समेत मरेको कृषक रोशन पाठकले गुनासो गरेका छन् । कार्यक्रममा अनुदानमा आएका दुई सय ५० थान मौरीे घार समेत हस्तान्तरण गरिएको थियो ।
अहिले मोरङकोे रंगेली नगरपालिका, उर्लाबारी नगरपालिका र बेलवारी नगरपालिकामा मौरी पालनको व्यवसाय हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्