विराटचौकमा आगलागी, ६ जना घाइते

विराटचौकमा आगलागी, ६ जना घाइते

विराटचोक । मोरङको सुन्दरहरैचा नगरपालिका–१२ स्थित ए वान खाजा घरमा लागेको आगो निभाउने क्रममा ६ जना स्थानीय घाइते भएका छन् । टिनको छाना भएको होटलको घरमा लागेको आगो निभाउने क्रममा स्थानीयलाई चोट लागेको हो ।

मोरङ प्रहरीका अनुसार स्थानीय छत्र थापा, खगेन्द्र प्रसाद लुईटेल, गोबिन्द दाहाल, बाबुराम बस्नेत, रणबहादुर बस्नेत, अम्बिका ढुङ्गेललाई चोट लागेको छ । उनीहरुमध्ये थापा, लुईटेल र दाहालको थप उपचार नोबेल अस्पतालमा भईरहेको र बाँकीको स्थानीय सामुदायिक अस्पतालमा भएको प्रहरीले जनाएको छ ।

हात र खुट्टामा चोट लागेको उनीहरुको अवस्था समेत सामान्य रहेको प्रहरीले जनाएको छ । आगलागीमा ३ वटा टिनको छानो भएको होटल घर पूर्णरूपमा जलेर नष्ट भएका छ । विराटचौकस्थित पूर्वपश्चिम लोकमार्गको दक्षिणतर्फ मन्दिरा न्यौपानेले सञ्चालन गरेको ए वान खाजा घर, अर्चना पोख्रेलले सञ्चालन गरेको पोख्रेल स्टाप होटल र रमेश डङ्गोलले सञ्चालन गरेको धनकुटे समिर स्टाप होटलमा आगलागी हुँदा अन्दाजी ६ लाख बराबर(को क्षति पुगेको प्रहरीले बताएको छ ।
आगो स्थानीयवासी, दमक र नेपाल प्रहरीले सोमबार बिहान २ बजे नियन्त्रणमा लिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्