यौन दुव्र्यवहार आरोपमा फरार मदर्साका मौलना अमरुद्दिनले गरे प्रहरीसँग आत्मासर्मपण

यौन दुव्र्यवहार आरोपमा फरार मदर्साका मौलना अमरुद्दिनले गरे प्रहरीसँग आत्मासर्मपण

विराटनगर । आफ्नै दुई विद्यार्थीलाई मदर्सामा यौन दुव्र्यहार गरेपछि फरार भएका विराटनगर–८ का अमरुद्दिन मियाँ छ महिनापछि प्रहरीमा हाँजिर भएका छन् । मदर्सा अजमा मुस्तिमाका मौलाना समेत रहेका मियाँले पढ्न गएको समयमा १३ र १४ वर्षीय बालिकालाई ढोका थुनेर यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो । उनी दुई दिन अगाडी शनिबार मोरङ प्रहरीको सम्पर्कमा पुगका हुन् ।

मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले उनलाई बालयौन दुव्र्यवहार गरेको आरोपमा सात दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिसकिएको जानकारी दिनुभयो । यौन दुव्र्यहार गरेको दावी गर्दै उनका विरुद्ध प्रहरीमा दुईजना बालिकाले जाहेरी दिइएका थिए । प्रहरीले जाहेरीसँगै बालिकाहरुको स्वास्थ्य परीक्षण प्रतिवेदन लगाएका कामहरु तत्काल गरेको थियो । घटना २०७६ माघ ७ र ८ गते घटेको हो ।
स्थानीय मो. सलिम मियाँका अनुसार अघिल्लो दिन बिहान एकजना बालिकालाई उनले यौनदुव्र्यहार गरेपछि भोलि पल्ट अर्की बालिका समेत त्यस्तै घटनामा परेकी थिइन् । घटनामा पीडित हुने बालिकाको संख्या बढ्दै गएपछि अभिभावकहरुले उनलाई कुटपिट समेत गरेका थिए ।

प्रहरीले छात्राहरुको जाहेरी दर्ता गरेसँगै मौलना मियाँलाई नियन्त्रण गर्न जाँदा उनी फरार भईसकेका थिए । उनले चलाउँदै आएको मदर्सा समेत उनी फरार भएकै दिनयता बन्द रहेको छ ।
उनी राजनीतिक पहुँचका आधारमा छुट्न सक्ने संभावना रहेको स्थानीयको चिन्ता छ । उनले मदर्साका सबै कागजात समेत सँगै लिएर फरार भएका थिए । प्रहरीमा आउँदा उनले आफ्ना विरुद्ध जाहेरी पर्नु भन्दा एक महिना अगाडीदेखि नै नेपालमा नभएको बताएका छन् ।
मदर्सामा उनको हाँजिरीसँगै बालिकाहरुको हाँजिरीप्रति समेत गायब गरेर प्रमाण नष्ट गरेको हुनसक्ने भन्दै स्थानीयले अनुसन्धानमा प्रहरी चुक्न नहुने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्