नेपालमा १३ हजार बढी पुग्यो कोरोना सक्रमित, आज ४७६ कोरोना संक्रमित थपिए

नेपालमा १३ हजार बढी पुग्यो कोरोना सक्रमित, आज ४७६ कोरोना संक्रमित थपिए

विराटनगर । नोभेल कोरोना भाइरसका ४७६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४७६ संक्रमित थपिएका हुन् । जसमा ११२ महिला र ३६४ पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

नेपालमा अहिलेसम्मकै उच्च एकदिनमा ६७१ कोरोना संक्रमित देखिएका थिए । आइतबार देशभर ४६३ कोरोना संक्रमित फेला परेका थिए । देशभरका ७७ वटै जिल्लामा कोरोना भारसको संक्रमण फैलिएको छ । कुल कोरोना संक्रमितको संख्या १३ हजार २४८ नाघेको छ । हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि तीन हजार १३४ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट १२१ डिस्चार्ज भएका छन् । जसमा १३ महिला र १०८ पुरुष रहेका छन् । हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।
देशभरका विभिन्न क्वारेन्टिनमा ५७ हजार ३६८ मानिसहरु रहेका छन् भने आइसोलसनमा १० हजार ८५ कोरोना संक्रमितहरु रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्