विराटनगरका सडकमा निषेधित क्षेत्रमा पार्किङ गरे गाडीमा सिक्री

विराटनगरका सडकमा निषेधित क्षेत्रमा पार्किङ गरे गाडीमा सिक्री

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा ट्राफिक नियम उल्लंघन गर्नेहरुमाथि कडा कारवाही सुरु गरिएको छ ।
लकडाउन अगाडी जिल्ला ट्राफिक कार्यालय मोरङले सवारी जाम हटाउनका लागि लगाएको नियमलाई पुनः कार्यन्वयनमा ल्याइएको हो ।

ट्राफिक नियम उल्लंघन गर्ने, नो–पार्किङ क्षेत्रमा पार्किङ गरिएका ठूला सवारीमा सिक्री र साना सवारीम ह्वील लकको ताला लगाउन थालिएको हो । लकडाउन खुकुलो भए पश्चात ट्राफिक कारबाही तिब्र पार्दै सबैलाई नियममा बस्नका लागि अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक राकेश पोद्दारले बताउनुभयो ।


ट्राफिक कार्यालयले विराटनगर महानगरसहित विभिन्न संघ र संस्थासँगको सहकार्यमा बसपार्क–बिजुली अफिससम्मको क्षेत्रमा सडकको एकतर्फी मात्रै पार्किङ नियम लगाएको छ । दुवैतर्फ पार्किङ गर्दा मुख्य राजमार्ग र बजार क्षेत्रमा सवारी जाम भई दुर्घटना बढ्न सक्ने भन्दै सडकको पूर्वतर्फ पार्किङ क्षेत्र तोकिएका प्रमुख पोद्दारले जानकारी दिनुभयो ।

यसैगरी जलजला चोकदेखि हनुमान मन्दिरसम्म मेन रोडमा रहेका एकतर्फि पार्कीङ लाई हटाई दुवैतर्फ पार्किङ निषेध गरिएको र गुद्री बजार अत्यधिक भिडभाड रहेको कारण सो बाटोमा एकतर्फी आवात–जावतको नियम लगाइएको छ । मेनरोडमा जथाभावी कुद्ने सिटी सफारीहरुको कारण जलजला चोकमा जामहुने गरेको कारण सिटी सफारीलाई रामजानकारी रोडबाट मात्र जान पाउने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्