विराटनगरमा कालोपत्रे सडकमै भासियो टिपर (फोटो फिचर)

विराटनगरमा कालोपत्रे सडकमै भासियो टिपर (फोटो फिचर)

विराटनगर । निर्माणमा चरम लापरवाही गरिएका कारण विराटनगर–१० पिपलचौकमा रोकेर राखेकै ठाँउमा टिपर भासिएको छ । सडकमा रोकेर राखेको को १ क ३१७२ नम्बरको टिपर सोमबार साँझ सडकमा भासिएको हो ।


विराटनगर महानगरपालिकासँग आशिष निर्माण सेवा कम्पनीले सम्झौता गरि सडक निर्माण गरेको थियो । निर्माणमा कमसल सामाग्री प्रयोग गरिएका कारण टिपरको वजन थेग्न नसकेपछि चक्का भासिएको थियो । चालक टेकबहादुर बोहराका अनुसार केहिबेरका लागि रोकिएको टिपर एकाएक सडकमा भासिएको थियो ।


निर्माण कम्पनि आषिश निर्माण सेवाका साईड इन्जिनियर मदन भट्टराइले के कारणले भासियो भन्ने कुरा निरीक्षण गरेपछि मात्रै भन्न सकिने बताएका छन् । निर्माण सामाग्री बोकेर आएको टिपरको सडकको केन्द्रभागतर्फको पछाडीको चक्का भासिएपछि स्थानीय समेत त्रसित बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्