मोरङमा राष्ट्रिय धान दिवस : धान रोप्ने पर्व

मोरङमा राष्ट्रिय धान दिवस : धान रोप्ने पर्व

विराटनगर । राष्ट्रिय धान दिवस असार १५ गतेलाई सोमबार मोरङमा धान रोप्ने पर्वकै झल्को दिने गरि मनाइएको छ । परम्परागत रुपमा असार १५ गते दहि चिउरा खाएर खेतमा धान रोप्ने मान्यताले पर्वको स्वरुप ग्रहण गरेको हो ।


मोरङमा सोमबार दिनभर संस्थागत आयोजनामा सामुहिक रोपाँईदेखि व्यक्तिगत खेतिमा समेत सामुहिक रोपाँई गरिएको छ ।
नेपाल कम्यूनिष्ट पार्टी मोरङले मोरङको बुढीगंगा गाउँपालिकास्थित हात्तिमुढामा रोपाँई कार्यक्रम आयोजना गरेको थियो । यसैगरी महानगर समितिले वडा नम्बर १२ मा सामुहिक रोपाँई आयोजना गरेको थियो ।


यसैगरी विराटनगर–१९ मा विराटनगर महानगरपालिकाले सामुहिक रोपाँई ग¥यो । बरियाली कृषी समूहको रोपाँईमा महानगरका मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्कीसहित जनप्रनिधिनिहरु रोपाँईमा सहभागी हुनु भएको थियो । दिनभर विभिन्न सामाजिक संघसंस्थादेखि सहकारीले समेत धान रोपाँई गरेर खुशी साटासाट गरेका छन् ।


रंगेलीबाट ओबीका समाचारदाता रविन्द्र बरालका अनुसार राष्ट्रिय धान दिवसको अवसर पारेर श्री ग्राम लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रंगेली–४ मा रोपाँई कार्यक्रम आयोजना गरेको थियो ।
‘मेरो कृषि, मेरो पौरख’ मुल नारासहित स्थानीय जनता माध्यमिक विद्यालयको १५ बिघा जग्गा १० वर्षका लागि लिजमा लिएर रोपाँई गरिएको हो ।


रोपाँईमा नेकपाका केन्द्रीय सदस्य एवं क्षेत्र नम्बर ५ का सांसद शिवकुमार मण्डल, रंगेली नगरपालिका मेयर दिलिप बगडियासहित वडा अध्यक्षहरुले समेत सहभागी जनाएका थिए । सहकारीका अध्यक्ष सन्तोष मण्डलका अनुसार यसवर्षको रोपाँईमा किसानमा थप उत्साह र हौसला देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्